गायक विनोद भण्डारीको लोक दोहोरी गीत “छायाँ देखे चिन्छु ” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायक विनोद भण्डारीको लोक दोहोरी गीत “छायाँ देखे चिन्छु ” सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख ६ 

नेपाली गीत सङ्गीतको बजारमा पछिल्लो समय प्राय माया प्रेमसंग जोडिएका गीतहरू आउने गर्छन् यसै क्रममा केही दिन अगाडि यस्तै माया प्रेम सम्बन्धित भाव समावेश गरिएको लोकदोहोरी गीत “छायाँ देखे चिन्छु ” सार्वजनिक भएको छ ।
गीत पछिल्लो समय चर्चाको शिखरमा रहेको छ ।

गीत एकनारायण भण्डारीको शब्द सङ्गीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको छ । यस्तै भिडियो प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाङ्कन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयम्ले गरेका छन् ।
गीत विनोद भण्डारीको प्रस्तुतिमा सितारा म्युजिकले बजारमा ल्याएको हो ।