गायत्री मन्त्रको अर्थ के होला त ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायत्री मन्त्रको अर्थ के होला त ?



हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलापहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे ।

द्विजसंस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्रले बताएको छ । अचेल भने गायत्री मन्त्र गोप्य रहेन । विद्यालयहरूदेखि लिएर पानपसलसम्म पनि गायत्री मन्त्र बजाइने गरेको पाइन्छ । गायत्री मंत्र : ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो ।

त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) । सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् । गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।