क्रिकेटका युनिभर्सल बोसको यसरी भयो बिदाई - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्रिकेटका युनिभर्सल बोसको यसरी भयो बिदाई



एजेन्सी- क्रिकेट दुनियाँमा युनिभर्सल बोसको उपनाम पाएका वेस्ट इन्डिज टोलीका क्रिकेटर क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बुधबार राति भारतसँगको एक दिवसीय सिरिजको अन्तिम खेल खेलेर गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका हुन् । गेलको बिदाई खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हरायो ।

क्याराबियन राष्ट्र ट्रिनिडाडमा भएको आफ्नो अन्तिम खेलमा पनि गेलले आफ्नो उही स्वरुप प्रदर्शन गरे । ४१ बलमा ५ छक्का र ८ चौकासहित ७२ रन बनाए । अन्तिम खेलमा उनी खालिद अहमेदको बलमा भारतीय कप्तान विराट कोहलीको हातबाट क्याच आउट भए । वेस्ट इन्डिज टिमबाट एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्रायन लाराको कीर्तीमान तोडी आफ्नो नाममा दर्ज गराएका छन् । उनले लाराको १०४०५ रनको कीर्तिमान तोडेका हुन् ।

आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा ५४ अर्शकशतककासाथ उनी बिदा भए । उनले वेस्ट इन्डिज टिमबाट ३०१ एक दिवसीय खेलेर बिदा भएका हुन । ३०० खेलबाट उनले २५ शतक र ५४ अर्शशतकसहित १०४८० रन बनाएका छन् । एक दिवसीयमा उनले एक पटक दोहोरो शतक पनि बनाएको छन् । उनले २०१५ को विश्वकपमा जिम्बाब्बेविरुद्ध २१५ रन बनाएका थिए ।

५८ टी–२० खेलमा उनले २ शतक र १३ अर्शशतकका साथ १६२७ रन बनाएका छन् । टेस्ट क्रिकेटबाट २०१४ मै सन्यास लिएका गेलले वेस्ट इन्डिज टोलीका लागि १०३ टेस्ट खेले जसमा १५ शतक, ३७ अर्धशतक बनाएका छन् । उनले टेस्टमा १ पटक दोहोरो शतक र दुई पटक तेहेरो शतकसहिशत ७२१५ रन बनाएका छन् ।

गेल एक प्रभावशाली बलर पनि हुन दायाँ हाते अफब्रेक स्पीनर गेलले टेस्टको १०४ इनिङमा बलिङ गर्दा ७४ विकेट, एक दिवसीयको १९९ इनिङमा बलिङ गर्दा १६७ विकेट र टी–२० को २३ इनिङमा बलिङ गरी १७ विकेट आफ्नो नाममा दर्ज गराएका छन् ।

१९९९ सेप्टेम्बर ११ मा भारतविरुद्धकै एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका गेलले अन्तर्राष्ट्रिय क्रिकेतको आफ्नो २० वर्षे करियरमा निकै ठूलो छाप छोड्न सफल भए । विश्वभरि एकै क्रिकेटरका सबैभन्दा धेरै फ्यान छन भने त्यो क्रिस गेल कै छन् ।

कसैलै आक्रामक ब्याटिङ ग¥यो भने त्यसले क्रिस गेलको उपमा पाउने गर्छ । भारी ज्यानका बायाँ हाते ब्याट्सम्यान क्रिस गेल क्रिजमा उभिएपछि हरेक बलमा आक्रमण गरी बाउन्ड्री पार गर्ने प्रयत्नमा देखिन्छन् । एक दुई रनका लागि दौडने भन्दा पनि छक्का र चौका तिरै गेलको ध्यान देखिन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा गेलका थुप्रै रेकर्ड छन् । टी–२० क्रिकेटमा शतक प्रहार गर्ने विश्वकप प्रतियोगितामा दोहोरो शतक बनाउने गेल पहिलो क्रिकेट हुन । त्यति मात्रै नभएर टेस्ट क्रिकेटमा पहिलो छक्का प्रहार गर्ने कीर्तिमान पनि गेलकै नाममा छ । क्याराबिन राष्ट्र जमैकाका क्रिटोफर हेनरी गेल संसारभर क्रिस गेलकै नामबाट परिचित छन् । ३९ वर्षको उमेरसम्म पनि उस्तै उस्तै जोसका साथ क्रिकेटमा टिकिरहेका गेललाई आईपीएल लगायत लिग खेलहरुमा भने अझै देख्न पाइने छ ।