क्रिस गेल, बेन स्टोक्स र मिचेल स्टार्कले गरे आइपिएल बहिस्कार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

क्रिस गेल, बेन स्टोक्स र मिचेल स्टार्कले गरे आइपिएल बहिस्कार



काठमाडौं- इङ्ल्यान्डका प्रखर क्रिकेटर बेन स्टोक्स, अष्ट्रेलियाका मिचेल स्टार्क र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) बहिस्कार गरेका छन् ।

लागातार खेल्दै आएका यी खेलाडीहरूले आईपीएलका लागि नाम नै दर्ता गराएका छैनन् । उनीहरूले यस वर्षको आइपिएलमा रुची नदेखाएपछि खेल जगतमा तरङ्ग उत्पन्न भएको छ ।

आईपीएल गभर्निङ काउन्सिलपका अनुसार फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुने अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्।

जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन्। त्यसमध्ये एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका छन्। भारतबाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्

समाचार एजेन्सी एएफपीका अनुसार यी स्टारहरू बाहेक इङ्लिस क्रिकेटर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानको नाम भने आईपीएलको अक्सनको लागि नाम दर्ता गराएका छन्।

भारतमा कोरोनाको अवस्थालाई ध्यानमा राख्दै यस वर्षको अप्रिलसम्म आईपीएल आयोजना गर्न सकिनेछ। स्टोक्स र वोक्स दुवै अस्ट्रेलियामा भर्खरै भएको एशेज शृंखलाका लागि इंग्ल्याण्डको टोलीमा थिए। यो सिरिजमा अस्ट्रेलियासँग इंग्ल्याण्ड नराम्ररी पराजित भएको थियो ।

यसबाहेक कहिल्यै आईपीएल नखेल्ने इंग्ल्याण्डका कप्तान जो रुट यसपटक पनि अक्सनबाट बाहिरिएका छन् । तर, तीब्र गतिका बलर मार्क वुड र अस्ट्रेलियाका स्टार डेभिड वार्नर, प्याट कमिन्सले नाम दर्ता गराएका छन्।

अहमदाबाद र लखनउको रूपमा दुई नयाँ फ्रेन्चाइजी थपिएपछि यस वर्षको आईपीएलमा १० टोलीको बोली लाग्नेछ। भारतीय क्रिकेट टोलीका ओपनर केएल राहुलले नयाँ आईपीएल फ्रेन्चाइज लखनउको कप्तानी गर्ने भएका छन् ।

लखनउले राहुललाई १७ करोडमा अनुबन्ध गरेपछि उनी यस प्रतियोगिताको इतिहासमा विराट कोहलीसँगै सबैभन्दा महँगा खेलाडी बनेका छन् । कोहलीलाई सन् २०१८ को मेगा अक्सनमा रोयल च्यालेन्जर्स बैंग्लोरले १७ करोड भारु तिरेर राखेको थियो ।