गजल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गजल



झर्दैन जूनतारा,सोच्यौ ? झरेर जान्छ।
ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ।।

लाग्दैछ डर अचम्मै आयो विमान फेरि,
हाम्रा जवान सारा परदेश लगेर जान्छ।।

चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै,
भूकम्प जान्छ अन्तै कम्पन म नेर जान्छ।।

जिउदाहरू मरेझैं स्वासै नफेरि बस्छन् ,
सालिकको आँसु पुछ्न मुर्दा उठेर जान्छ।।

अन्धो रहेछ भन्लान् भन्नेहरूले पक्कै ,
हररात जान्छ मेरो आँखा बगेर जान्छ।।

आर्य आयुषा
सिन्धुपाल्चोक