गजल - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गजल



धागो चुँडेर चङ्गा अन्तै उडेर जान्छ,
हाम्रो प्रयत्न सानै कारणले खेर जान्छ ।

दर्शक फगत हुनेले साह्रै हतार गर्छन्,
बुझ्ने छ चाह जसमा केही अबेर जान्छ ।

अस्तित्व जोगिने हो निश्चित नियम अँगाले,
चम्के अघोर बत्ती क्षणमै निभेर जान्छ ।

आफन्तको कुराले दोधारमा फसायो,
माग्दै नमाग उल्टै पैँचो दिएर जान्छ ।

नौलो कदम उठाए पक्कै सफल हुने हो,
खोल्सो समुन्द्र हेर्न गङ्गा बनेर जान्छ ।

विनोद परिवर्तित
स्याङ्जा, हाल कोरिया