गजल-दीपक भट्टराई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गजल-दीपक भट्टराई



अमृत भनी भनी पियो शराब हुन सक्छ
यसरी पनि त जिन्दगी खराब हुन सक्छ

भाग्य-लिला सजिलै बुझ्न कहाँ सकिन्छ
छोड्यो काडा सम्झिएर गुलाब हुन सक्छ

बिछोडमा हुनेलाइ विश्वास हुँदैन होला
हुन त मिलनमा पनि तनाव हुन सक्छ

महलमा बस्नेको पनि आशु देखेको छु
पक्कै केही न केही त अभाव हुन सक्छ

कर्णालीकि नानी आज दङ्ग परेकि छिन
खोलेर हेर झोलामा किताब हुन सक्छ