गजल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गजल



दिनहुँ महिला हिंसा हुन्छ सरकार अन्धो छ
न्याय खोज्दा दुई कान थुन्छ सरकार अन्धो छ ।

भ्रष्टाचारले देश खोक्रियो बिपत्तीछ जनताको
महँगीले त्यो आकाश छुन्छ सरकार अन्धो छ ।

युवा शक्ति मुग्लान पारी मिचिदै छन् सिमाना
गाउँ सहरमा बुढो खुन्छ सरकार अन्धो छ ।

गास बास र कपासको त्यै सधैंको अभावमा
रुकुम रोल्पा मनाङ रुन्छ सरकार अन्धो छ ।

चिफ्ला भाषण गर्छ नेता सत्तामा पुग्नलाई
अनेक झुटो जाल बुन्छ सरकार अन्धो छ ।।
– कल्पना पौडेल ‘जिज्ञासु’गैडाकोट ४ नवलपरासी
           (हाल  इजरायल)