गजल-कमल सङ्घर्ष - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गजल-कमल सङ्घर्ष



ऐनासँग यो दुनियाँ अनजान भैसकेछ
हेर्दा हेर्दै जमिन, आसमान भैसकेछ

बेलुन पनि छैनन् खेलौना पनि छैनन्
त्यो पसल म जस्तै जवान भैसकेछ

गुड्दा गुड्दा जिन्दगीको गति सकियो
भिर पनि रहेन भिर, मैदान भैसकेछ

न हावा बिना बल्छ न हावामा रहन्छ
जिन्दगी सोचेर दियो हैरान भैसकेछ

मजबुरीले कमल सडकमै फुल्न थाल्यो
बस्तीमा यही हल्ला तुफान भैसकेछ
 गजल सङ्ग्रह सडकबाट