ऊर्जामन्त्रीको दबाब सहन नसकेपछि विद्युत् प्राधिकरण कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ऊर्जामन्त्रीको दबाब सहन नसकेपछि विद्युत् प्राधिकरण कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा



काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माको दबाब सहन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेपछि उनले राजीनामा दिएका हुन् । काफ्लेले पछिल्लो राजनीतिक सहमति र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । ऊर्जामन्त्री शर्माले राजीनामा दिन भन्दा काफ्लेले मानेका थिएनन् ।

प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद्मा आएको ठाडो प्रस्ताव रोकेर राजीनामा दिन काफ्लेलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि उनले शुक्रबार नै राजीनामा दिएका छन् ।