अन्ततः कारबाहीमा परे घनश्याम भुसाल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अन्ततः कारबाहीमा परे घनश्याम भुसाल



काठमाडौ- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन भएको छ ।

मंगलबार बसेको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको हो । एमालेको अनुशासन आयोगले भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा अनुसासन आयोगको पूर्ण बैठक बसेको थियो ।

यसअघि चर्को आलोचना भएकाले पार्टी अध्यक्ष केपी शर्मा ओली कारबाहीबाट ब्याक भएको चर्चा चलेको थियो ।

अध्यक्ष ओलीबारे भुसालले दिएको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

१८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए ।

आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

यसअघि आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेको थिएन । भुसाललाई कारबाही गर्ने सिफारिसपछि एमालेमा तनावको स्थिति बनेको छ ।