घनश्याम भुसाल लगातार पछाडि परे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घनश्याम भुसाल लगातार पछाडि परे



काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ ।

अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ ।

त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ ।

यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री चार हजार पाँच मतसहित चौथो स्थानमा छन् ।