सिएनएनले भन्यो: घान्‍द्रुक एसियाकै आकर्षक गन्तब्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिएनएनले भन्यो: घान्‍द्रुक एसियाकै आकर्षक गन्तब्य



काठमाडौं । नेपाल पर्यटकिय रुपमा निकै मनहोक छ । हिमाल, ताल तलैया, विभिन्न प्रजातिका जनावर, चराचुरुङ्गी, प्राक्रितिक मनोरम फाटहरू यी यस्तै कुराले नेपालप्रति लोभिने गर्छन् पर्यटकहरू । पटक पटक घुम्न लायक उत्कृष्ठ देशको सूचीमा पर्दै आएको नेपालको चर्चित पर्यटन गन्तव्य घान्‍द्रुक एसियाका सुरम्य १३ गन्तव्यको सूचीमा पर्न सफल भएको छ ।

सरकारले यस वर्षलाई पर्यटन वर्षको रुपमा मनाइरहँदा यसले पर्यटन आवागमनमा थप टेवा पुग्ने छ । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम सिएनएनले तयार पारेको उक्त १३ सुरम्य गन्तव्य सूचीमा घान्‍द्रुक ११औं स्थानमा परेको हो । 

सूचीको पहिलो स्थानमा भियतनामको होइ आन परेको छ । दोस्रोमा जापानको युफुइन, तेस्रो मलेसियाको जर्ज टाउन, चौथो फिलिपिन्सको सिटी अफ भिगान र पाँचौं स्थानमा लाओसको लुआङ प्रबाङ परेका छन् ।

सिएनएनले ‘ढुङ्गे गाउँ’ का रूपमा पनि चिनिने घान्द्रुक समुद्र सतहबाट २ हजार मिटर उचाइमा अवस्थित नेपालको एक हिमाली गाउँ भएको सूचीमा उल्लेख गरेको छ । प्रख्यात पर्यटन गन्तव्य पोखराबाट पाँच घण्टाको पैदल यात्राबाट मात्र घान्‍द्रुक पुग्‍न सकिने सूचीमा छ ।

सूची अनुसार घान्‍द्रुकले पाहुनालाई परम्परागत घर, पहाडका टुप्पामा रहेका मठमन्दिर, घोड सवारी र संस्कृति तथा गुरुङ जीवनशैली अनुभव प्रदान गर्ने छ । त्यहाँस्थित संग्रहालयले पर्याप्त सांस्कृतिक र ऐतिहासिक महत्वको जानकारी दिइरहेको छ ।

त्यसैगरी सूचीको छैठौं स्थानमा कम्बोडियाको कम्पोट, सातौं इन्डोनेसियाको कोटागेदे, आठौं श्रीलङ्काको गल्ले, नवौं चीनको झुझुआङ, दसौं भारतको मलिन्‍नोङ, ११औं नेपालको घान्‍द्रुक, १२औं हङकङको साइ कुङ र १३औं स्थानमा थाइल्यान्डको फुकेट परेका छन् ।

कस्तो छ घान्द्रुक

घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता भनेको समुदायमा आधारित पर्यटन हो । छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिव पाँच घन्टा पैदल हिँड्नुपर्छ । 

घान्द्रुकबाट चैत–वैशाखमा करिब १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे हिउँ नजिकबाट अवलोकन गर्न पाइन्छ । 

यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू छन् । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि पर्यटकको रोजाइमा पर्ने क्षेत्र हुन् । त्यस्तै माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्, जुन आन्तरीक पर्यटकले पनि औधी रुचाएका छन् ।

घान्द्रुकको होमस्टेबाट बिहानै ४ बजेतिर माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण हिमालहरू अवलोकन गर्न पाइन्छ । यहाँ पुग्दा पर्यटकहरूले स्वर्गकै अनुभूति गर्न सक्छन् ।