मतगणना नसकिँदै काठमाडौं ८ बाट घण्टीका विराजभक्त श्रेष्ठ विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मतगणना नसकिँदै काठमाडौं ८ बाट घण्टीका विराजभक्त श्रेष्ठ विजयी



काठमाडौं- काठमाडौं ८ मा लौरो चुनाव चिन्हबाट लडेका सुमन सायमीले मतगणना नसकिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई बधाई दिएका छन्

आफ्ना प्रतिस्पर्धीलाई बधाई दिँदै उनले पराजय स्वीकारेका छन् । करिब ८ हजार मत गन्न बाँकी छँदा नै सायमीले विराजलाई जित सुनिश्चित बनेको भन्दै बधाई दिएका हुन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार विराज २५ सयभन्दा बढी मतले अगाडि छन् । गन्न बाँकी मतबाट आफू पहिलो हुन नसक्ने निष्कर्ष सायमी स्वयम्ले निकालेका छन् ।

यससँगै प्रतिनिधिसभाको प्रत्यक्षमा घन्टी चुनाव चिन्हले खाता खोल्ने पक्का भएको छ ।