गणना जारी रहेका क्षेत्रमा घण्टी र कांग्रेस बराबर, एमाले पछि पर्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गणना जारी रहेका क्षेत्रमा घण्टी र कांग्रेस बराबर, एमाले पछि पर्यो



काठमाडौं- आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की- २ र चितवन २ मा अग्रता लिएको हो। चितवन- २मा कांग्रेसले र कास्की- २ मा एमाले उम्मेदवारले पछ्याइरहेका छन्।

यसैगरी कांग्रेसले मुस्ताङ र भक्तपुर २ मा अग्रता लिइरहेको छ। दुवै निर्वाचन क्षेत्रमा एमालेले प्रतिष्पर्धा गरिरहेको छ।
एमालेले ललितपुर- २ मा अग्रता लिइरहेको छ। त्यहाँ लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीले चुनौती दिइरहेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार तेस्रो नम्बरमा छन्।