घोडाघोडी नगरपालिकामा नेपाली काङ्ग्रेसको चुनाबी प्रचारप्रसार कार्यक्रम तीब्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घोडाघोडी नगरपालिकामा नेपाली काङ्ग्रेसको चुनाबी प्रचारप्रसार कार्यक्रम तीब्र



 मंसिर ७, सुखड ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ९ ,२ र १ मा प्रचारप्रसार तथा चुनाबी सभा कार्यक्रम सम्पन्न भएको छ । वडा नं ९ रतिपुरमा घोडाघोडी नगरपालिका को सबैभन्दा बढि नदि कटान र बाढी पिडित हुने गरेको स्थानीय बासिले त्यो समस्या सामाधान गर्ने लाई भोट दिने बताएका छन् ।

प्रदेश सभा क्षेत्र नं ३ ख का उम्मेदवार लक्ष्मण शाहीले चुनाबी कार्यक्रम सम्बोधन गर्दै कान्द्रा नदि कटान बाट प्रभावित भएका लाई स्थायित्वको बसाइ , बत्ती , पुलपुलेसा , कान्द्रा नदि कटान नियन्त्रणमा आफ्नो मुख्य एजेन्डा रहेको र मुक्त कमैया , सुकुम्बासी हरुलाइ अब्यबस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि देखिएका समस्याहरुका समाधानका लागि आफुले काम गर्ने बताउनु भयो ।

घोडाघोडी नगरपालिकाको वडा नं ९ चारै तिर बाट कान्द्रा नदिले घेरेको छ , कान्द्रा नदिको कटानले आफू उठिबाँस लगाएको ,खेतीयोग्य जमिन आजभोली बालुवा ल्याएर जमिन बगरमा परिणत गरेको छ , खान लगाउन धौ -धौ भएको छ नेताहरु चुनाव समय आउछ्न भोट माग्छ्न स्थानिय तहको निर्वाचनमा आएका नेताहरुले चुनाव जितेको छ महिना बितिसक्यो तर नेताहरु ले बिर्सिएका छन मान बहादुर चौधरिले भने “! घोडाघोडी नगरपालिका वडा २ जोकाहामा पनि नदि कटान र बेरोजगार को मुख्य समस्या रहेको सान्ती देबि चौधरीले बताउनु भयो । त्यस्तै सोही गाउँका गिता चौधरीले महिलालाई आय-आर्जनका लागि विभिन्न तालीम र सिपमुलक कार्यक्रमहरु दिएर आत्मनिर्भरता बनाउने लाई भोट दिने बताउनु भयो ।