घरमै मतदाता नामावली सङ्कलन गर्नेसँग हिसाब किताब गर्छौँ: गगन थापा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

घरमै मतदाता नामावली सङ्कलन गर्नेसँग हिसाब किताब गर्छौँ: गगन थापा



 

भदौ ४, काठमाडौँ ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बुढानिलकण्ठमा नेकपा एमालेका स्थानीय नेताको घरमा रातभर मतदाता नामावली सङ्कलन भइरहेको घटनाको तीव्र विरोध जनाएका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर उनले यस्तो विरोध जनाएका हुन् ।

“यसअघिका दिनमा मानिसहरूलाई भोलिपल्ट आउनुस् भन्ने तर बेलुकाको पाँचबजेपछि नेताको घरमा पुगेर मतदाता नामावली सङ्कलन भइरहेको थाहा पाएका थियौँ,” उनले भने, “यसमा निर्वाचन आयोगको पदाधिकारीको संलग्नता छ भन्न पाउने कि नपाउने ? वडाअध्यक्षजस्तो व्यक्ति यस्तो घृणित काममा लाग्दा त्यो पार्टीले जवाफ दिनुपर्ने कि नपर्ने ?”

उनले काठमाडौँमा नै यस्तो भएको बताउँदै बाहिर कस्तो होला भन्ने प्रश्न गरेका थिए ।

“अरुबेला निर्वाचनको निष्पक्षताका बारेमा प्रश्न उठाउने तर अहिले आफैँ संलग्न भएर यस्तो काम गर्ने ?,” उनको प्रश्न थियो, “प्रश्न उठाउने मात्रै होइन, उत्तर कसरी लिने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।”

उनले यो सरासर चोरीको विषय भएकाले प्रशासनले कारबाही गर्नुपर्ने माग पनि गरे ।

“यो चोरी हो,” उनले भने, “चोरीमा संलग्नलाई प्रशासनले कारबाही गर्दैन भने हामीले न्याय लिने कुरा लिएरै छाड्छौं ।”