माअोवादिले एक निर्दोष व्यक्तिको घाटी रेटी हत्या गरेको तस्बिर झलझली सम्झन्छु ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माअोवादिले एक निर्दोष व्यक्तिको घाटी रेटी हत्या गरेको तस्बिर झलझली सम्झन्छु !



एका बिहानै फोन आयो ! उठाएँ ! फोन गर्ने महोदयले उताबाट अचानक नै आत्मीय पारामा सोधे । भाइ के छ खबर सन्चै छौ ..? सन्चो विसन्चोको औपचारीकता सँगै महोदयले फोन गर्नुको कारण खुलाउदै गए । यसो साथी भाइलाई पनि भन्न पर्‍यो घर परिवारलाई पनि सम्झाउन पर्‍यो ..! यसपालि त हामीलाई सहयोग गर्नुपर्छ है भाइ । तपाईँहरुकै भरोसा हो । जसरी पनि चुनाव जिताउनु पर्छ । हामी राम्रा राम्रा योजना लिएर आएका छौ ! हामीले जहिले पनि समाजका लागीनै मरिमेटेका छौँ ! रात विरात खटेर काम गरेकाछौं तिमीले जानेकै छौ बुझेकै छौ क्यारे ..!

अचेल यस्तै यस्तै कुराहरू गर्दै घरदैलो मा घुम्दै छन् माओवादी नेताहरू। चिने जानेका जति लाई फोनमा यसरीनै संझाईरहेछन । सांच्चिकै देश स्थानीय निकायको निर्वाचनको माहोलमा होमीएको जस्तो लाग्दै छ। समाजिक सञ्जालमा पनि निकै चर्चा परिचर्चा चलेको छ । गाउँघर तिर चोक चोकमा भेला भएका आम मानिसहरूको बिचमा चुनावको विषय भएका गफ गाफ उत्सर्ग मा पुगेको देखिन्छ । चुनावी सरगर्मी सँगै चोक चोकका चिया पसल र भट्टी हरुमा लाटा देशका गाँणा तन्नेरी हरुको भिड बाक्लिदो छ । चौतारामा कसको पल्ला भारी भन्ने बिचार राखेको र आआफ्नै पक्ष विपक्षमा प्रसत्तै चर्का चर्की भएको देख्न सकिन्छ ।

यस्तै चुनावी परिवेशका कुराहरू हुँदै गर्दा चुनावी नारा बोकेर भोट माग्ने नेता र उनीहरूका कार्यकर्ताहरू देखी उनीहरूको पार्टीले अंगीकार गरेका कार्यक्रमहरूको र उनीहरूका घोषणापत्र हरुमा उल्येखीत बुँदा हरुका बारेमा मेरो दिमागमा अनेकन कुराहरू खेल्न थाले। सन् १८४७-४८ तिर कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित “कंम्यूनिष्टको घोषणा पत्र” मा साम्यवादको वैचारिक बिजारोपण भईसकेपछी विभिन्न देशमा यसको प्रयोग समय र परिवेश अनुसार हुन थाल्यो। यसै क्रममा नेपालमा पनि कम्युनिस्टको उदय भयो। वि.सं. २०५२-५३ तिर आएर कंम्यूनिष्टको सबैभन्दा नयाँ र उग्र स्वरूपको माओवादको उदय भयो ।

उनले भोट माग्दै गर्दा साम्यवादको दुई आधार, वर्ग सङ्घर्ष र क्रान्तिकारी अर्थात् बलपुर्वक आफ्नो बिचारधारा लागु गर्ने सिलसिलामा मेरो गाउँ समाजले प्राप्त गरेको उपलब्धि र गुमाएका कुराहरू दिमागमा सरसर्ती घुम्न थाले। मलाई अझै याद छ त्यो पल भर्खर स्कुले जीवन सुरु हुँदै गर्दा कता कता नाम मात्र सुनेको माओवादी पछि गएर समाजको हरेक तह र तप्का सम्म यसरी गाँजिदै गयो की जो कोही प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित हुन पुगे । प्रचार गरिए जसरी उत्पिडित र सोसित वर्गद्वारा सञ्चालित लडाई भनिए पनि यो पूर्ण रूपमा स्वार्थ सिद्धिको लागी लडाई थियो भन्ने कुरा आज समय ले प्रमाणित गरेको छ।

कहिले विद्यालय पुग्दा शिक्षकको अपहरण भएको खबरले दुखी तुल्याउथ्यो त कहिले विद्यालयमा सङ्गठन बिस्तारको कामले तनाव खेप्नु पर्थ्यो। कहिले लुटपाटका घटनाको खबर अनि किशोर किशोरी हरू युद्धमा होमीएका गतिविधि सुन्दा मेरो किशोर मनस्थीती पनि आतंकीत बन्दथ्यो । माओवादी हरुले बिचारको स्थापना गर्ने भन्दा पनि डकैती, लुटपाट र त्रास फैलाउने भन्दा अरू केही गर्ने छैनन् भन्ने कुरा उनीहरूको कार्यशैली ले प्रस्ट पारीसकेको थियो । व्यापार व्यावसाय गरेर जनतन जिविको पार्जन गर्नेहरू सँग चन्दा उठाउने कामले समाज आजित र आतंकीत भएको प्रत्यक्ष देखेको र भोगेको यौटा सर्वसाधारण ब्याक्ति हु म आज फेरी माओवादी नेता ले भोट माग्ने क्रममा फोनमा व्यक्त गरेको “हामीले गर्ने कामको बारेमा जानेकै छो क्यारे” भन्ने वाक्यांशले पुन: झस्किएँ।

विभिन्न विकास प्रेमी तथा जनताका रोजाईका नेता तथा कार्यकर्ताहरूको घाटी रेटी गरिएका हत्या अनि भौतिक कार्यावाहीका दृश्य देखेको म उनीहरूको “नयाँ योजना” को कल्पना गर्दै थिएँ मैले त्यही बेला सानै उमेरमा पहिलो पटक घाँटी रेटि शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेका एक निर्दोष ब्यात्तिको तस्बिर झलझलि सम्झन्छु । खै उन्ले के गल्ती गरेका थिए र त्यसरी हत्या गरियो ? आजको दिन संम्म पनि उनलाई किन हत्या गरियो त्यसको जवाफ कुनै नेताले चित्त बुझ्दो गरी दिन सकेका छैनन् । जतिवेला जुन परिस्थितिमा ती निर्दोष व्यक्ति मारीए त्यो क्षण र कारण सम्झदै गर्दा मेरो अाखाँमा आशु अाउछन । तर आज माओवादीका गुप्त कार्यकर्ता जनमिलिसिया बनी चन्दाको रसिद काट्ने देखी लिएर सुराकी गरेको अभीयोग लगाई आफ्नै काका मामा अनि छिमेकीको हत्यामा संलग्नहरू छाती चौडा पारेर घर दैलोमा टिकट माग्न पुगेको दृश्य देख्दा सम्पूर्ण व्यवस्ता देखिनै लाज लागिरहेको छ ।

हत्यारालाई कार्यवाही गर्ने कानुन कहाँ बाट आयातित हुने हो कसै सँग जवाफ छैन । माओवादीलाई दिएको चन्दाको ऋणको ब्याज तिर्न बिदेशिनु परेको पिडालाई कुन व्यवस्था ले सम्बोधन गर्ने हो मैले अहिले सम्म बुझ्न सकेको छैन। गाउँ छाडेर भागेकाहरूलाई कुन योजनाले पुनर्स्थापित गर्ने हो, उत्पिडित वर्गको लागी लडिएको युद्धले थपेको उत्पिडन कसले महसुस गर्ने हो थाहा छैन। माओवादी हरू भन्छन् उनीहरूका योजना नयाँ छन् तर कुन काम नयाँ हो ? के माओवादी युद्धको कारण देश छोडेर खाडीमा रगत पसिना बगाईरहेको कुनै युवा लाई स्वदेश फर्काउने कुनै योजना छ माओवादी सँग ? के माओवादी लाई तिर्नु परेको चन्दाको ब्याज ले आज पर्यान्त थिचीनु परेका पीडित लाई राहत दिने योजना छन् माओवादी सँग ? के सुराकी र शोषकको नाममा सफाया मा परेका हरुका सन्तानको भविष्यको खाका कोर्ने योजना हरू छन् माओवादी सँग ? अँह छैनन् !! उनीहरू सँग योजना छन् त केवल राजनीति र युद्ध लाई प्रयोग गरेर बनेका नव धनाड्य हरुलाई कसरी गाउपालीका र नगर पालीका को चुनाव जिताउने भन्ने योजना हरू छन् । माओवादी कै कारण लागेको ऋण बाट म अझै मुक्त भएको छैन भने म किन फगत मतदान गरु र गर्न लगाऊ माओवादी लाई ? यही सम्झेर मैले माओवादी महोदयको फोन काटीदीएँ …!!

समिर प्रकाश पाण्डे