बिजनेश न्यूज मिडियाको अध्यक्षमा : ज्ञवाली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिजनेश न्यूज मिडियाको अध्यक्षमा : ज्ञवाली



हिमाल पोस्त्न / बुटवल ।
बिजनेश न्यूज मिडिया प्रालिको अध्यक्षमा बिनोद ज्ञवाली र प्रबन्ध निर्देशकमा बसन्त ढकाल चयन हुनुभएको छ ।
संस्थाका अध्यक्ष बिमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न दोस्रो साधारण सभाले ज्ञवालीलाई अध्यक्ष र ढकाललाई प्रबन्ध निर्देशकमा चयन गरेको हो ।
अध्यक्ष बिनोद ज्ञवाली सफल युवा उद्योगी व्यवसायी, बुटवल जेसीजका पूर्व अध्यक्ष, ईन्नोभेटीभ डेभलपमेण्ट बैंकका संचालक हुनुहुन्छ । नवनिर्वाचीत अध्यक्ष ज्ञवालीले यस क्षेत्रका उद्योगी व्यवसायी र साथीहरुको सहयोगबाट संस्थालाई शसक्त रुपमा अगाडि बढाउने बताउनु भयो ।

प्रबन्ध निर्देशक बसन्त ढकाल बुटवल उद्योग वाणिज्य संघका का.का. सदस्य तथा व्यवसयी हुनुहुन्छ । संस्थाको संचालकमा दामोदर खनाल, बिमलराज भट्टराई, कृष्ण पराजुली, लालहरि पाण्डे, पशुपति घिमीरे, पदम न्यौपाने र बाबुराम बिक रहनु भएको छ ।

यसैगरी साधारण सभाले बिजनेश न्यूज मिडिया प्रा. लि. द्धारा बिगत ७ बर्षदेखि नियमित रुपमा प्रकाशन हुदैँ आएको आर्थिक पत्रिका बिजनेश खबर पाक्षिक पत्रिकालाई अझ शसक्त रुपमा लैजान पूँजी बृद्धिगर्ने, यस क्षेत्रको बिभिन्न ठाउँमा बजार बिस्तार तथा ग्राहक योजनालाई जोडदिने निर्णय गरेको छ ।

यसैगरी संस्थाले बिजनेश खबर पत्रिका अनलाईन ( www.businesskhabarpatrika.com ) पनि सुरु गरेको छ ।