नेपाल वायुसेवा निगमका भारत प्रवन्धक घिमिरेको दिल्ली टिमद्वारा बिदाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल वायुसेवा निगमका भारत प्रवन्धक घिमिरेको दिल्ली टिमद्वारा बिदाई



अर्जुन खनाल /नयाँ दिल्ली साउन २९ 

भारतमा नेपाली राजदूतावासपछि नेपाल सरकारको प्रतिनिधिमूलक निकायका रूपमा कार्यरत नेपाल  वायुसेवा निगमका  प्रवन्धक अनिल घिमिरेको २ वर्षे कार्यकाल सकिए पश्चात दिल्ली टिमले बिदाई गरेको छ ।

२  वर्षे कार्यकालमा दिल्ली स्थित विभिन्न प्रवासी नेपाली सङ्घ संस्थासँग मिलेर नेपालीहरूको हितमा काम गरेका  घिमिरेलाई शनिवार एक कार्यक्रमका बिच बिदाइ गरिएको हो  । समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाह आर्यन, अतिथि एभरेष्ट बैङ्क लिमिटेडका भारत  प्रतिनिधि प्रमुख  भरत कार्की, प्रभु बैङ्कका भारत   प्रतिनिधि प्रमुख  सुनिल मिश्र,   ग्लोबल आईएमई बैङ्कका प्रतिनिधि दिपेन्द्र ढकाल, पशुपति सम्पर्क मञ्चका तुलसी ढकाल, सुपा देउराली टुर एन्ड ट्रावल्सका बरिष्ठ उपाध्यक्ष  दिल खत्री,नेपाल देशभक्त युवा समाजका बाबुराम बन्जाडे ,गुरुङ सेवा समितिका महासचिब खुम गुरुङ ,एभरेष्ट च्याम्बर अफ कमर्सका वरिष्ठ सल्लाहाकार शेखर कुवर ,भारद्वज फोटोग्राफीका गोपाल भारद्वज  ,वल्ड गोर्खा फाउन्डेसनका समिर प्रधान ,व्यवसाई बिके कृष्ण ,पुरन मगर आदिको उपस्थिती  रहेको थियो   ।

उक्त  समारोहमा सोही पदमा काम गर्न आएका  नेपाल वायुसेवा निगमका नवनियुक्त प्रवन्धक टंकबहादुर भण्डारीलाई स्वागत पनि गरिएको थियो । उनलाई विभिन्न सङ्घ संस्थाबाट आएका प्रतिनिधिहरूले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

नेपाल आवाज दैनिक, एभरेष्ट बैङ्क लिमिटेड, प्रभु बैङ्क लिमिटेड र ग्लोबल आईएमई बैङ्क लिमिटेडको मुख्य आयोजनामा गरिएको बिदाइ तथा स्वागत समारोहमा प्रमुख अतिथि शाहले घिमिरेले  विभिन्न सङ्गठनसँग सहकार्य गरेर नेपाल एयरलाइन्सलाई  प्रवासी नेपालीबीच पुर्याई नेपालको पर्यटनको विकासमा खेलेको भूमिकाको प्रशंसा   गरेका थिए साथै नवनियुक्त प्रवन्धक टंकबहादुर भण्डारीले  पनि अझै प्रवासी नेपाली बीच एयार्लाईन्सको बिश्वसनियता दिलाउने कुरा राखेका थिए  ।

कार्यक्रममा बोल्दै घिमिरेले दिल्लीमा प्रवासी नेपाली संघ सस्थाले दिएको माया र सहयोग आफुले कहिल्लै नविर्सने र आफ्नो एक्लो प्रयास भन्दा पनि टिमको सहयोगले आफुले दिल्लीमा केहि गर्न सकेको बताएका थिए  ।नवनियुक्त भण्डारीले पनि घिमिरेको गरेको कार्यको प्रसंसा   गर्दै  आगामी दिनमा आफुले पनि सोहि बाटो अपनाउने भन्दै सबैको सहयोगको खाचो भएको बताएका   थिए ।

कार्यक्रम नेपाल आवाज पत्रिकाका संचालक देवेन्द्र कुवारको अध्यक्षता र नेपाल पत्रकार महासंघ भारत शाखाका महसचिव गोबिन्द पोख्रेलको संचालमा सम्पन्न भएको थियो ।उपस्थित सबैले घिमिरेको   कार्यकालको प्रसंसा   गर्दै  भण्डारीलाई स्वागत गर्दै    सफल कर्यकालको  शुभाकामाना दिएका थिए ।