कुलमान भन्छन्: भारतलाई १९ रुपैयाँ १९ पैसा प्रतियुनिटमा बिजुली बेचिरहेका छौँ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुलमान भन्छन्: भारतलाई १९ रुपैयाँ १९ पैसा प्रतियुनिटमा बिजुली बेचिरहेका छौँ



काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युतको कारोबार गर्दा नेपाललाई ठूलो फाइदा बहेको बताएका छन् । उनले उर्जा आदानप्रदानबाट भारतले भन्दा बढी नेपालले फाइदा लिइरहेको समेत बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको पोलिसी डाइलग कार्यक्रममा घिसिङले भारतलाई विद्युत बेचेको मूल्यबारे समेत खुलासा गरेका छन् । भारतलाई सस्तोमा बिद्युत बेचेको हल्ला चलिरहेका बेला उनले यस्तो खुलासा गरेका हुन् ।

घिसिङका अनुसार नेपालले भारतलाई प्रतियुनिट १९ रुपैयाँ १९ पैसामा बेचिरहेको बताएका छन् । उनले भने, ‘ भारतलाई विद्युत बेच्न थालेको डेढ महिना भयो, रातिको समयमा नेपाललाई करिव १२ रुपैयाँ भारु आउने गरेको छ । दिउसो भने अलिक कम हुन्छ । हामीले ४ रुपैयाँमा खरिद गरेको विद्युत १९ रुपैयाँ सम्ममा बेच्दा राम्रै नाफा भएको छ ।’

उनका अनुसार दिउसको समयमा भने केहि कम मूल्य आउने गरेको छ । ‘एभरेजमा ५ देखि ६ रुपैयाँ दिउसोमा आउने गर्छ, त्यो समय अनुसार फरक फरक हुन्छ ।’ समग्रमा यो राम्रै कारोबार भएको उनले बताए ।

उनले हाल नेपालको बिजुली उत्पादन क्षमता २२ सय मेगावाट पुगेको भन्दै पिक आवरमा १८ सय मेगावाट खपत भैरहेको समेत जनाकारी दिए ।