घोडाघोडी नगरपालिकामा बाम गठबन्धनको चुनावी सभा सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडी नगरपालिकामा बाम गठबन्धनको चुनावी सभा सम्पन्न



मङ्सिर ७ सुखड ।

वाम बठबन्धन्को चुनावी सभा कैलालीको घोडाघोडि नगरपालिका ५ म सम्पन्न भएको छ । वडा नं ५ का वडाध्यक्ष प्रेम रोकायाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै क्षेत्र न ३ ख का उम्मेदवार अ्मर बहादुर साउदले अव्यवस्थित बसाइ , बत्ती , पुलपुलेसा , कान्द्रा नदी कटान नियन्त्रण गर्ने बताए । मुख्य समस्याको रूपमा रहेको डोडा नदीमा र कान्द्रा नदी लगाउयत पुल आवश्यक पर्ने स्थानमा पुल निमाण गर्ने बताए ।

कार्यक्रममा बोल्दै घोडाघोडिनगर प्रमुख ममता प्रसाद चौधरीले भने अहिलेको आवश्यकता बाम गठबन्धन हो । चौधरी भन्छ्न हामी गरी खाने वर्ग हो ,सामन्ती हरू हाम्रो देशका लागि अभिसाप हुन । यसबाट बचनका लागि बामगठबन्धनको आवश्यकता छ । बाम गठबन्धनको राजनीतिकले देशलाई सम्बृद्दि तिर लैजान हामी सक्छौ उनले भने जब सम्म हामी राज्य सत्तामा आउदैनौ तब सम्म हामीले कुनै काम गर्न सक्दैनौ अहिलेको आवश्यकता सबै कम्युनिस्ट मिल्नु हो ।

२ वटा शक्ति मिलेर हाम्रो शक्ति बढेको छ उनी भन्छ्न प्रदेश र केन्द्रीय सरकार हाम्रो पक्षमा हुन जरुरी छ । जसरी जनताले हामीलाई स्थानीय तहको निर्वाचन मा पहिलो पार्टी बनाएका छन् त्यसरी नै यो निर्वाचनमा पनि हाम्रो बाम गठबन्धन लाई जिताउने ठोकुवा समेत गरेका छन् । उनले भने हाम्रो बामगठबन्धनको नेतृत्वमा नगरपालिका भएकोले वडा नं ५ मा एक करोड बजेट छुटयाएको दाबी समेत गरेका छन् । हामीले ५ वर्ष मा कैलालीको नमुना नगरपालिका बनाउछौ बाम गठबन्धनको बढी बहुमत ल्याएका कारण यो गर्न सम्भव भएको समेत जिकि गरेका छन् ।