वडाअध्यक्षको काम देखेर दङ्ग छन घोडाघोडि १२ का स्थानीय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

वडाअध्यक्षको काम देखेर दङ्ग छन घोडाघोडि १२ का स्थानीय



विशाल पाण्डेय/सुखड कैलाली ।

कैलालीको घोडाघोडि नगरपालिका वडा नं १२ मा विकास निर्माणको कामले गति लिएको छ । निर्वाचनको बेलामा दिएका आश्वासन वडा नं १२ का वडाध्यक्ष पर्ना चौधरीले पूरा गरेको वडाका स्थानीय बासिन्दाले बताएका छन् । घोडाघोडि नगरपालिकामा अन्य वडामा खासै विकासका कामहरू हुन नसकेको गुनासो आइरहेको बेला १२ मा भने सबै खुसी भएका छन् ।

“घोडाघोडि नगरपालिकाको अन्य वडाहरू हेर्‍यो भने विकासको काममा १२ वडामा सबैभन्दा बढी विकास भएको त्रिवेणीका स्थानीय तथा शिक्षक सुरज कठरियाले बताए’ । “हामी सबैले चाहे अनुरूपको विकास जनप्रतिनिधिहरूले गर्नु भएको छ, कठरियाले भने । साथै वडा नं १२ माओवादी केन्द्रका अध्यक्ष राम कुमार चौधरीले बाटो निर्माणको कार्य पूरा भएको र अब ग्राभेल गर्ने र अर्को वर्ष पिचको बजेट पनि ल्याउन सकियो भने अझै राम्रो हुने बताए । चौधरीले आगामी दिनमा वन व्यवस्थापनको लागि पनि अझै लाग्नुपर्ने बताए ।

वडा नं १२ बनबर्साका भल्वन्सा बाजुराम चौधरीले आफ्नो वडामा वडाध्यक्ष लगायतको टिमले यहाँका स्थानीय बासिन्दाहरुले चाहे अनुसारको काम गरेको हुनाले उनिहरुलाइ जिताएर खुशीलागेको बताए। उनले भने ,” जनताको समस्या बुझ्ने व्यक्तिलाई वडाध्यक्ष पदमा जिताएर राम्रो काम गर्‍यौ, अध्यक्षले कुनै पनि काम गर्नुपुर्व सम्पूर्ण गाउँको भल्मन्साहरुसङ्ग विकास निर्माणका कार्यमा छलफल गरी त्यै अनुसार काम अगाडि बढाउनु हुन्छ, भल्वन्सा चौधरीले भने”।

त्यस्तै वडा नं १२ खोपाका पार्वती चौधरीले आफूहरू अलि विकट ठाउँमा भएकाले यहा स्वास्थ्य चौकीको अलि समस्या रहेको बताइन् । यदि स्वास्थ्य चौकी निर्माण भयो भने सजिलो हुने थियो उनले भनिन । वडा नं १२ नकफोडुवाका राम प्रसाद चौधरी,शिकपुरका जगत् चौधरी लगायतले एकै स्वरमा वडाध्यक्षले राम्रो काम गरेको बताए ।

यता वडाध्यक्ष पर्ना चौधरीले आफूले शिक्षा क्षेत्रमा बढी जोड दिएको बताए । आफ्नो वडाका विद्यालयहरूलाई निःशुल्क पढाउन पहल गरेको उनले बताए । चौधरीले कुनै पनि विद्यालयमा कुनै समस्या नआओस भनेर आफ्नो नेतृत्वमा बजेट छुट्टाएको बताए । आफ्नो वडामा प्रशस्त मात्रामा आम्दानीका स्रोतहरूको पहिचान गरी बिक्री गर्न मिल्ने खालका वस्तुहरू बिक्री गरी विद्यार्थीहरूमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेको बताए ‘।’अहिले त्रिशक्ति नगरपालिकाको भजनी जोड्ने बाटो निर्माण कार्य जारी रहेको अध्यक्ष चौधरीले बताए।’

चौधरीले ‘वडा नं १२ लाई प्लास्टिक मुक्त क्षेत्रको घोषणा गर्नको लागि आफूहरूले डम्पिङ साइडको समेत निर्माण गरेको चौधरीले बताए’ । १२ नं वडामा फोहोर र प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्नको लागि वडाबाट चिराकी,गुरुवा, भल्मन्सा,स्वयंसेविका लगायतलाई २ दिने तालिम सङ्गै झोला र साइकल वितरण गरेको समेत अध्यक्ष चौधरीले बताए’। करिब ७ लाख लगानीमा त्रिवेणी चोकमा सार्वजनिक कार्यक्रम स्थलको निर्माण कार्य जारी रहेको, त्यस्तै २ लाख ५० हजार लागतमा जनावरहरूलाई पानी पिउनको लागि कृत्रिम ताल निर्माण गरिरहेको चौधरीले बताए । वनमा निलगाइ हरिण,बँदेल लगायतका अन्य जनावरहरू रहेका छ्न ।तिनीहरू टाढा खोलामा पानी खान जाँदा सिकारीले मार्ने डर हुँदा आफूले बन कार्यालयसङ्ग स्वीकृत लिई कृत्रिम ताल तथा आन्तरिक पर्यटन भित्र्याउने उद्देश्यले पार्कको निर्माण गरिरहेको चौधरीले बताए ।

चौधरीले विभिन्न ठाउँमा तटबन्धन निर्माण कार्य चलिरहेको छ, अब नगरपालिका र प्रदेश सरकारले सहयोग गर्‍यो भने वडा नं ११ र वडा नं १२ जोड्ने झोलुङ्गे पुलको निर्माण गरी धेरै गाउँका मानिसहरू ओहोरदोहोर गर्न मिल्ने बनाउने योजना रहेको बताए ।
घोडाघोडी नगरपालिकाले वडा नं १२ को लागि ८४ लाख ७४ हजार बजेट छुट्टाएको थियो, त्यसमध्ये केही रकम बाकी रहेकाले अन्य विकासका कामहरूको योजना बनाइरहेका छौँ, उनले भने ।