घोडाघोडीमा रक्तदान कार्यक्रम सम्पन्न , ८० युनिट रगत संकलन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीमा रक्तदान कार्यक्रम सम्पन्न , ८० युनिट रगत संकलन



विशाल पाण्डेय / कैलाली –

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नदिन कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दरख उपशाखाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न सुखडमा रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी दरख उपशाखाका सभापति दिनेश कुमार लामिछानेले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले रक्तदान गरि सुरुवात गरिएको कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ । महामारीमा गुज्रिएको बेलामा रगतको अभाव भएको हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा रेडक्रस सोसाइटी दरख उपशाखालाई धन्यवाद दिदै नगर प्रमुख चौधरीले ‘रक्तदान जीवन दान’ भएकोले सबैलाई रक्तदान गर्न आग्रह समेत गरेका थिए ।

लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै गरिएको रक्तदानमा स्थानीयवासी, युवा, समाजसेवी, शिक्षक , कर्मचारी ,व्यवसायी ,बुद्धिजीवीलगायत उपस्थित रहेको थियो ।