घोडाघोडी क्लबका गोल किप्पर भट्टराई बीबीसी क्लबमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घोडाघोडी क्लबका गोल किप्पर भट्टराई बीबीसी क्लबमा



विशाल पाण्डेय / कैलाली ।

कैलालीको घोडाघोडी क्लबका गोल किप्पर जीवन भट्टराई ब्रिगेड ब्वाइज क्लब (बिबिसी) मा अनुबन्धित भएका छन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानी रहेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) मा भट्टराई शुक्रबार अनुबन्धित भएका हुन् । भट्टराई अघिल्लो सिजनमा मछिन्द्र क्लबमा आवद्ध भएका थिए ।

बिबिसी क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै बलियो टोली समेत बनाएको छ । टोलीमा अनिलले कप्तानी गर्दा राष्ट्रिय टोलीबाट खेलिसकेका विजय गुरुङ पनि अनुबन्धित भएका छन् भने लामो समयदेखि घरेलु फुटबल खेल्दै आएका उत्तम गुरुङ पनि टोलीमा रहेका छन् । बिबिसीले आफ्नो टिम बलियो बनाएसंगै शहिद स्मारक ए डिभिजन लिगको लागि आफ्नो टोलि शुक्रबार घोषणा गरेको छ ।

टिममा अनिल गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ, जय गुुरुङ, सुवित कार्की , मनोज राई, रजत तिवारी, रोशन राना मगर
रन्दीप पौडेल, ऋतिक खड्का, पदम भट्टाराइ, व्रिजेश चौधरी , शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ, जिवन भट्टराई, दिपेङ्क राज सिंह, ताजुद्दिन बुसारी, जर्ज विन्सेन्ट, ओलाकेजी इशाक ऐरी रहेका छन् । क्लबको प्रशिक्षक खगेन्द्र पुन हुन् ।

२०४९ सालमा स्थापना भएको घोडाघोडी क्लबले उत्पादन गरेको खेलाडीहरु विभिन्न क्लबमा आवद्ध भएर खेलि अनुभव बटुलिसकेका छन् । जसमा ए डिभिजन बाट राकेश हमाल , जीवन भट्टराई रहेका छन् भने सि डिभिजन बाट चन्द्र बुढामगर रहेका छन् ।

बीबीसीलाई हराउँदै मछिन्द्रको विजयी सुरुवात

आजबाट सुरु भएको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानमिगेल मछिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा आज भएकाे खेलमा मछिन्द्रका याेगेश गुरुङ र दीपक राईले गाेल गरेका थिए । जितसँगै मछिन्द्रले २ अंक जाेडेकाे छ ।
मछिन्द्रका विशाल राई खेलकाे म्यान अफ दि म्याच घाेषित भए । उनले १० हजार रुपैपा पाएका थिए ।