घोडाघोडी कप : विक्रम चम्किदा स्टार सिटि सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडी कप : विक्रम चम्किदा स्टार सिटि सेमिफाइनलमा प्रवेश



विशाल पाण्डेय / सुखड ।

‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिता अन्तर्गत निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढीले आफ्नो प्रतिद्वन्दी गौरीगंगा -११ लाई पराजित गरेको छ ।

शनिबार सम्पन्न भएको निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढीले गौरीगंगा -११ लाई १ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।

खेलमा विक्रम सिंह चम्किएपछि स्टार सिटि धनगढीले सहजै जित हासिल गरेको थियो । जितका लागि सिंह एक्लैले ६ गोल गरेका थिए । साथै गौरीगंगा- ११ का लागि हिमाल सदाशंकरले १ गोल गरेका थिए । जितसंगै स्टार सिटि धनगढी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा स्टार सिटिका विक्रम सिंह म्यान अफ द म्याच घोषित भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि कैलालीको सुखडमा सुरु भएको प्रतियोगितामा बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनलमा पुग्नको लागि आइतबार सहारा क्लब पहलमानपुर र स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।