स्टार सिटि धनगढीलाई हराउँदै आयोजक घोडाघोडी फाइनलमा प्रवेश - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

स्टार सिटि धनगढीलाई हराउँदै आयोजक घोडाघोडी फाइनलमा प्रवेश



विशाल पाण्डेय / सुखड ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगितामा आयोजक घोडाघोडी क्लब फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढीलाई एक का विरुद्ध तीन गोलले पराजित गर्दै आयोजक घोडाघोडी फाइनलमा प्रवेश गरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा हाफ भन्दा अगाडी घोडाघोडीले एक गोलले अग्रता लिएको थियो भने दोस्रो हाफमा पुनः २ गोल थप गरेको थियो । पहिलो हाफमा चेतन कठायतले घोडाघोडी क्लबलाई पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै बिदेशी खेलाडी फुफानाले अर्काे गोल गरेका थिए भने दोस्रो हाफको अन्तिम तिर विनोद केसिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता खेलको अन्तिम मिनेटमा घोडाघोडी क्लबका खेलाडीले डि एरिया भित्र फल गरि पेनाल्टी पाउँदा स्टार सिटिका विक्रम सिंहले पेनाल्टीमा एक गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच घोडाघोडी क्लबका फुफाना घोषित भएका थिए ।

अब आयोजक घोडाघोडी क्लबले फाइनलमा सहारा क्लब पहलमानपुरसंग प्रतिस्पर्धा गर्ने छ । आइतबार सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई सडन डेथमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गराएको थियो ।

घोडाघोडी क्लबको आयोजनामा सुखडको खेल मैदानमा जारी प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । फाइनल खेल कार्तिक ९ गते हुने आयोजकले जनाएको छ ।