घोडाघोडी कप: महेन्द्रनगरलाई हराउँदै दाङ विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घोडाघोडी कप: महेन्द्रनगरलाई हराउँदै दाङ विजयी



विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा जारी ‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगितामा स्पोर्ट्स स्कुल फुटबल एकेडेमी (एस एस एफ ए) दाङ विजयी भएको छ । मंगलबार महेन्द्रनगर- ११ लाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङ विजयी भएको हो ।

जितका लागि एस एस एफ ए दाङको तर्फबाट हरि बुढा मगरले दुई गोल गरेका थिए । प्रतियोगितामा एस एस एफ ए दाङका हरि बुढा मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छन् भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बुधबार गौरीगंगा -११ र लम्कीचुहा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।