घोडाघोडी नगर स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न,पाँचजना सम्मानित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडी नगर स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न,पाँचजना सम्मानित



सुखड,कैलाली । घोडाघोडी नगरपालिकामा भएको अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका हरेक बर्ष झै यस बर्ष पनि ५ औं संस्करणको खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

घोडाघोडी नगर स्तरिय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताका संयोजक रामछविला चौधरीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिता कार्यक्रममा प्रमुुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, विशिष्ट अतिथी उप-प्रमुख प्रेम कुमारी थापा रहेकी थिइन् ।

अन्तर विद्यालय स्तरिय विद्यालय खेलकुद प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका संस्थागत तथा सामुदायिक विद्यालयहरु बाट सट फुुट, भलिबल, दौड, लमजम्प, कवड्डी र कराँते प्रतियोगितामा उत्कृत विभिन्न विद्यालयका खेलाडीहरु लाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा नगर क्षेत्रका शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिई अबकाश प्राप्त शिक्षकहरु पुर्ण राज जोशी, गगन सिंह कुँवर ,लक्षीराम चौधरी , स्रोत व्यक्ति राजकिशोर लाल कर्ण र कवर्डीका राष्ट्रिय प्रशिक्षक लोक बहादुर बिष्ट लाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

अन्तर विद्यालय स्तरिय विद्यालय खेलकुद प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका लागि पठन सिप, ५० मिटर दौड, जेरी दौड, कुर्सी घुमाइ दौड र कक्षा १ देखि ५ सम्मका लागि चित्रकला प्रतियोगिता, श्रृतीलेखन, गणितिय प्रयोगिता, चम्चा दौड प्रतियोगित र १०० मिटर दौड प्रतियोगिता भने यस अघिनै वडा स्तरमा सम्पन्न भई सकेका थिए ।

कार्यक्रममा कक्षा ५ , ८ र १० मा बढी अंक ल्याउने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान समेत गरिएको थियो ।