घोडाघोडी क्याम्पस प्रमुखमा खड्का - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घोडाघोडी क्याम्पस प्रमुखमा खड्का



सुखड,कैलाली । गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र प्राप्त सुदूरपश्चिम प्रदेशकै अग्रणी शैक्षिक संस्था घोडाघोडी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख परिवर्तन भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको उक्त क्याम्पसमा सह प्राध्यापक बिनोद कुमार खड्का क्याम्पस प्रमुख भएका छन् भने सहायक क्याम्पस प्रमुखमा उपप्राध्यापक छेमानन्द जोशी नियुक्त भएका छन् ।

बुधबार बसेको क्याम्पस संचालक समितिको बैठकको निर्णले खड्का र जोशीलाई क्रमश क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सह प्राध्यापक दिनेश राज जोशी र उपप्राध्यापक भवानी प्रसाद तिवारीको तिन बर्षे कार्यकाल समाप्त भए संगै सहमतीमा क्याम्पस प्रशासनको जिम्मेवारी खड्का र जोशीलाई प्रदान गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष शिद्धराज आचार्यले जानकारी दिए ।

२०६२ सालमा स्थापना भई उच्च माध्यामिक तह देखि स्नातकोत्तर तह सम्म शिक्षा शास्त्र, मानविकी, ब्यवस्थापन, विज्ञान संकायमा विभिन्न कार्यक्रम संचालित उक्त क्याम्पस छोटो समयमा अग्रस्थानमा आउन सफल भएको छ ।

यहि पौष २८ गते विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र प्राप्त गरी शैक्षिक क्षेत्रमा अब्बल भएको यस क्याम्पसमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

४५ जना प्राध्यापक कर्मचारी र करिब दुई हजार विद्यार्थी संख्या रहेको यस क्याम्पसको विकासका लागि त्यस क्षेत्रका शिक्षा प्रेमी, बुद्धिजिवी, राजनितिककर्मि, अभिभावक, समाजसेवीहरुको भूमिका रहेको क्याम्पसका दानवीर भवानीशंकर आचार्यले बताए ।