घोडाघोडीमा ५२ क्वारेन्टाइन : र्‍यापिड टेष्टमा १६ जनाको रिपोर्ट पोजिटिभ, २३ सय भन्दा बढीलाई आश्रय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घोडाघोडीमा ५२ क्वारेन्टाइन : र्‍यापिड टेष्टमा १६ जनाको रिपोर्ट पोजिटिभ, २३ सय भन्दा बढीलाई आश्रय



विशाल पाण्डेय / सुखड ,कैलाली ।
घोडाघोडी नगरपालिकामा १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यस अघि सोमबार ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने मंगलबार ५ जनाएको रिपोर्ट पोजेटिभ देखिएको घोडाघडि नगरपालिकाका अहेव मानबहादुर बोहराले बताए ।

भारत बाट आइ क्वारेन्टाइनमा आश्रय लिइरहेका ३ सय ७१ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) प्रविधि बाट कोरोना परिक्षण गर्दा नगरपालिकाको वडा न. ३ मा ४ जना, वडा न. ६ मा ४ जना, वडा न. ९ मा २ जना ,वडा न. ११ मा १ जना, वडा नं ८ मा ४ जना र वडा नं १ मा १ जना गरि कुल १६ जनाको रिपोर्ट पोजिटिभ आएको अहेव बोहराले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएका सबै अलग्गै क्वारेन्टाईनमै रहेको र चाडै नै पिसिआर रिपोर्टको लागि स्वाब संकलन गरिने र पिसिआरमा पोजेटिभ आएपछी मात्र सेती प्रादेशिक अस्पताल पठाइने घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले बताए । उनले अहिलेनै पठाउनको लागी अस्पतालमा बेडको अभाव भएको हुँदा पिसिआर मा पोजेटिभ आएपछि मात्र पठाउनु पर्ने बाध्यता रहेको बताए ।

५२ क्वारेन्टाइनमा २३ सय ३८ लाई आश्रय

कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।

स्थानीय तहहरुले क्वारेन्टाइन व्यवस्थापन गरिरहेपनी ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको छ । यसै क्रममा घोडाघोडी नगरपालिकाले पनि भारत बाट फर्किएका नागरिकहरुलाई राख्नको लागि नगरका ५२ ठाउँमा क्वारेन्टाइन संचालनमा ल्याएको छ ।

नगरका विभिन्न वडामा गरि बुधबार मध्याह्न सम्म २३ सय ३८ जना जना मानिसहरु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा आश्रय लिइरहेको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए । उनले मानिसहरू भारतबाट आउने क्रम नरोकिएको हुँदा व्यवस्थापन गर्न कठिनाइ भइरहे पनि राम्रो व्यवस्थापनका लागि आफुहरु लागिपरेको बताए ।