घोडाघोडीमा २ सय ११ को र्‍यापिड टेष्ट : ११ जनाको रिपोर्ट पोजिटिभ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घोडाघोडीमा २ सय ११ को र्‍यापिड टेष्ट : ११ जनाको रिपोर्ट पोजिटिभ



सुखड ,कैलाली । घोडाघोडी नगरपालिकामा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोमबार २ सय ११ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) प्रविधि बाट कोरोना परिक्षण गर्दा नगरपालिकाको वडा न. ३ मा ४ जना, वडा न. ६ मा ४ जना, वडा न. ९ मा २ जना र वडा न. ११ मा १ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएका सबै क्वारेन्टाईनमा अलग्गै रहेको र चाडै नै पिसिआर रिपोर्टको लागि स्वाब संकलन गरिने र पिसिआरमा पोजेटिभ आएपछी मात्र सेती प्रादेशिक अस्पताल पठाइने संयोजक रावतले बताए । उनले अहिलेनै पठाउनको लागी अस्पतालमा बेडको अभाव भएको हुँदा पिसिआर मा पोजेटिभ आएपछि मात्र पठाउनु पर्ने बाध्यता रहेको बताए । मंगलबार पनि नगरका विभिन्न ठाउँमा आरडिटी परिक्षण भइरहेको छ ।