घोडाघोडी नगरपालिका -५ मा नेपाली काङ्ग्रेसको चुनाबी सभा सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडी नगरपालिका -५ मा नेपाली काङ्ग्रेसको चुनाबी सभा सम्पन्न



मंसिर ६,सुखड, कैलाली ।

जमुना न्यूरे / विशाल पाण्डेय

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ५ मा प्रचारप्रसार चुनाबी सभा बुधबार सम्पन्न भएको छ । वडा नं ५ घोडाघोडी नगरपालिकाको सबैभन्दा बढि नदि कटान र बाढी पिडित हुने गरेको स्थानीय बासिले त्यो समस्याको समाधान गर्ने लाई भोट दिने बताएका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार पुर्ब स्वास्थ्य मन्त्री रामजनम चौधरीले चुनाबी कार्यक्रमको सम्बोधन गर्दै स्थायित्वको बसाइ , बत्ती , पुल-पुलेसा , कान्द्रा नदि कटान नियन्त्रण, मुक्त कमैया , सुकुम्बासी , अव्यवस्थित बसोबासलाई व्यवस्थीत गर्ने , आधारभुत आवस्यकताहरु पूरा गर्ने , डोडा नदिमा र कान्द्राको बिजुलिया पुल निमाण पछि रिङ्ग रोड बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताउनु भएको छ ।

निर्वाचन क्षेत्र नभए पनि यो क्षेत्रमा काम स्वास्थ्य मन्त्री भएको बेला थारु समुदाय देखिएको सिकसेल एमेनिया भएको ब्यक्ती लाई एक लाख सम्मको उपचार निशुल्क , तत्कालिन निर्वाचन क्षेत्र नं ४ मा बसौटी र पहमानुपर २ वटा एबुलेन्स , पाठेघरको समस्यामा रहेका ती महिलाहरुको समाधानका लागि आफुले काम गर्ने बताउनु भयो । त्यस्तै चौधरीले डोडा नदि , नारायणपुर , कौवा नदि ,राजिपुर पचघरामा पुल निर्माण प्रकियाका लागि माटो टेस्टको नेपाल सरकारको रेडबुकमा समेत पारेको जानकारी दिएका छन् ।

कान्द्रानदी , गौरिगंगा नदि , खुटिया नदि , मोहना नदि नियन्त्रण र कटानका लागि गुरुयोजना बनाएर सर्बे सुरु भएको र नेपाल सरकारले नै कार्यक्रम बनाएको छ चौधरीले बताउनु भयो । बाम गठबन्धनले राजनितीमा एक खालको तरङ्ग फैलाएको छ। संबिधान संसोधन गरेर कार्यान्वयन गर्ने भनिएको तर नेकपा एमाले र माओबादी नमानेका कारण यस्तो परिस्थिती आएको हो । देश बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन तिर गएको छ । देशमा अहिले लोकतान्त्रिक संविधान कार्यन्वय गर्नु पर्ने छ ।

स्थानीय बासिन्दा अमर बमले घोडाघोडी नगरपालिकाको वडा नं ५ चारै तिर बाट कान्द्रा नदिले घेरेको छ । कान्द्रा नदिले कटानले आफू ३ बिगाह जमिन थियो तर आजभोली जमिन छैन खान लगाउ धौ धौ भएको छ नेताहरु चुनाव समयमा आउछ्न भोट माग्छ्न स्थानिय तहको निर्वाचन मा आएका नेताहरुले चुनाव जितेको छ महिना बितिसक्यो तर नेताहरुले बिर्सिएको बमले बताए । सितलपुरका राम बहादुर चौधरीले बाढी पिडितहरुलाइ गाँस , बाँस र कपास को ब्यबस्थापन गरे भोट दिने बताउनु भयो । घोडाघोडी नगरपालिका वडा नं ५ बस्ने सरैया बेलानी चौधरी महिलाहरुको लागि शसक्तिकरण , सिपमुलक तालिम र गाउँमा बत्तीको ब्यबस्था गर्नु पर्ने बताउछिन् ।