घोडाघोडीको महत्त्व बुझी ब्राण्ड बनाउनुपर्छ : मन्त्री बाँस्कोटा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घोडाघोडीको महत्त्व बुझी ब्राण्ड बनाउनुपर्छ : मन्त्री बाँस्कोटा



विशाल पाण्डेय / सुखड,कैलाली ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी तालको अवलोकन गरेका छन् । अवलोकन पश्चात् पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले सुरुमा घोडाघोडीको महत्त्वको बारेमा बुझुपर्ने बताए । उनले ताललाई के कामको प्रयोग गर्दा उपयुुक्त हुन्छ भन्ने कुरा पहिला छुट्याउनु पर्ने बताए । उनले भने , सिमसार क्षेत्रमा रहेको घोडाघोडी ताललाई ब्राण्ड बनाउनको लागि पहिला त्यसको महत्त्व बुझ्नुपर्छ । “ताललाई गोहि प्रजनन , चरा अवलोकन , अनुसन्धान स्थल र धार्मिक तथा पर्यटकीय स्थल के बनाउदा उपयुुक्त होला त्यो निर्णय गरेर विकसित गरि एउटा ब्राण्ड बनाउन सकिन्छ” ,उनले थपे , ।

कैलालीको लम्कीचुहा नगरपालिकामा अवस्थित हाईवे मिडिया प्रा.लि द्धारा संचालित लम्कि एफ एमको उद्घाटन गर्न पुगेका मन्त्री बास्कोटा सोही क्रममा घोडाघोडी तालको अवलोकन गरेका थिए । अवलोकनमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी , नेकपा कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा , प्रदेश सभा सदस्य अमर साउद , लम्की चुहा नगरपालिकाका उप प्रमुख टीका थापा , घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री बाँस्कोटाद्बारा लम्की एफ एमको उद्घाटन

लम्की एफ एम को सोमबार नेपाल सरकारका प्रवत्ता तथा सुचना प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

लम्की एफ एम का प्रबन्ध निर्देशक तिर्थ जैशिको अध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवत्ता तथा सुचना प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटा रहेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री बास्कोटाले मिडियाले साँचो कुरा मात्र लेख्नु पर्ने बताएका छन् । उनले जनताको आवाजहरुलाई निस्पक्ष तरीकाले सहि सुचना प्रवाह गर्न आवश्यक रहेको बताए ।

देशमा भ्रष्टाचार अन्त्यको कुरा आईरहेका बेला कहि कतै नेकपाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको पाईएमा कारबाही हुनुपर्नेे बताउदै मन्त्री बाँस्कोटाले भ्रष्टाचार गरेको पाईएमा नेपाली काङग्रेस,नेकपा नभनि जो सुकैलाई पनि लखेट्नु पर्ने बताए ।