घोडाघोडीमा निर्माण सम्पन्न भनिएको सडक अधुरै रहेपछि.. - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडीमा निर्माण सम्पन्न भनिएको सडक अधुरै रहेपछि..



सुखड,कैलाली – कैलालीको घोडाघोडीमा निर्माण सम्पन्न भनिएको सडक अधुरै रहेको पाइएको छ । आईतबार विभिन्न सञ्चार माध्यममा निर्माण पूरा नहुदै सम्पन्न भएको सार्वजनिक भएपछि सोमबार अनुगमनका लागि नगरपालिका बाट गएको टोलीले सडक अधुरै रहेको निष्कर्ष निकालेको हो ।

घोडाघोडी नगरपालिकाबाट इन्जिनियर र प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन गर्दै मापदण्ड अनुसार काम नभएको जनाएको छ । दुवै तर्फ नाला निर्माण गर्नु पर्नेमा ५० मिटर मात्रै नाला निर्माण गरिएको, लम्बाई २ सय ५० मिटर हुनुपर्नेमा २ सय ४० मिटर मात्रै बनाइएको र चौडाइ पनि मापदण्ड अनुसार नभएको पाइएको नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले जानकारी दिए।

मापदण्ड अनुसार काम नभएको भन्दै अनुगमन टोलीले तत्काल मापदण्ड अनुसार काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ । वडाले आइतबार सार्वजनिक सुनुवाइ गर्दै सडकको निर्माण कार्य सम्पन्न भएको घोषणा गरेको थियो ।