घोडाघोडीमा भएका अपराधिक घटनाप्रति नेकपाको ध्यानाकर्षण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीमा भएका अपराधिक घटनाप्रति नेकपाको ध्यानाकर्षण



कैलाली – पछिल्लो समय घोडाघोडी नगरपालिकामा शृङ्खलाबद्ध रुपमा भइरहेको अपराधीक घटनाप्रती नेकपा घोडाघोडी नगर कमिटीको गम्भीर ध्यानाकर्षण रहेको जनाएको छ । शनिबार जारी गरिएको बिज्ञप्तिमा घोडाघोडी नगर क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा रणनीति तयार गर्न समेत आग्रह गरिएको छ ।

बिज्ञप्तिमा बिगतका बिभिन्न घटनाका दोषी पहिचान हुन नसकेको उल्लेख गरिएको छ । नगरप्रमुख माथि गरिएको गोली प्रहार,नगरपालिका गाडीमा आगजनी, बुबाद्वारा छोरी माथि बलात्कार, पदमा बटाला र निर्मला पहराइको घटनामा प्रभावकारी अनुसन्धान नभएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

घोडाघोडीमा हत्या, हिसां र बलात्कारका घटना बढिरहेको तर आवश्यक अनुसन्धान, नियन्त्रण प्रभावकारी हुन नसकेको आभाष भैरहेको र ईलाका प्रहरी कार्यालय सुखड्मा उच्च ओहोदाको नेतृत्व सहितको सुरक्षा संयन्त्र रहेकाले नयाँ सुरक्षा रणनीति योजना बनाई शान्ति सुव्यवस्था कायम गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

नगर अध्यक्ष बाधुराम चौधरी र सचिव खगेन्द्र हमालद्वारा जारी गरिएको बिज्ञप्तिमा मृत फेला परेकी पत्रकार निर्मला पहराईको सत्य तथ्य बाहिर ल्याउन र दोषी उपर कडा कार्बाहि गर्न प्रशासन सगँ माग गरेको छ ।