घोडाघोडीमा कम धानको बिउँ दिएर बढिको भौचर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घोडाघोडीमा कम धानको बिउँ दिएर बढिको भौचर



कैलाली – घोडाघोडी नगरपालिकाको कृषि शाखाले कम धानको बिउँ दिएर बढिको भौचर लेखेको खुलेको छ । कृषि शाखाबाट २०७६ / ०७७ मा ५० प्रतिशत अनुदानबाट वितरण गरिएको उन्नत जातका धानका बिउँको भौचरमा सहकारीका सदस्यहरूलाई दिएको भन्दा बढी परिमाण र मूल्य उल्लेख गरिएको खुलेको हो ।

वडा नम्बर १ का किसान टेकेन्द्र प्रसाद चन्दले अनुदानको धान भन्दै ३० किलो नगरपालिकाले सिफारिसमा बहुगुणी धान लिएर गए पनि नगरपालिकाले उनलाई ६० किलो धान दिएको भन्दै भौचर उठाएको पाइएको छ ।

चन्दले नगरपालिकाबाट ९ सय रुपैयाँ जम्मा गरि ३० किलो बिउ लगेपनी नगरपालिकाले भने ३६ सयको भौचर तयार गरेको हो । भौचरमा सुरुमा चन्दले ३० किलो बिउँ लगेको उल्लेख छ तर, त्यसलाई केरमेट गरेर ६० किलो बनाइएको छ । कृषक चन्दले आफूले एक कट्टा धानको बीउ लिएको बताए । ‘मैले ९ सय रुपैयाँ तिरेर एक कट्टा धानको बिउँ ल्याएको हु’ उनले भने ‘एक कट्टा मेरै नामबाट अर्का किसानले पनि लगेका रहेछन् ।’

यस्तै घोडाघोडी नगरपालिका १ कै दीपक ढकालले ५ किलो धानको बिउँ लगेपनि कृषि शाखाले उनले लगेको ५ किलो धानको बिउँलाई ३० किलो उल्लेख गरेको छ । अनुदानमा ३ सय जम्मा गरेका बिउँलाई शाखाले १८ सय उल्लेख गरेको छ । भौचरमा सुरुमा ढकालले ५ किलो धानको बिउँ लगेको उल्लेख गरेपनी त्यसलाई केरमेट गरेर ३० किलो बनाइएको छ ।

यता कृषि शाखाका प्रमुख जनक धामीले भने भिडभाडमा भएर त्यस्तो गल्ती हुनसक्ने बताए । थोरै मात्रामा पनि बीउ लिन आउदा सबैको नाम लेख्न हतार भएको हुँदा एउटै भौचरमा नाम लेखिएको हुनसक्छ । उनले भने , ‘भौचर हामीले नै उठाएका हौँ’ ‘परिमाण र मूल्य बढी नहुनु पर्ने हो । ’