घोडाघोडीमा प्रदर्शन : ‘आगजनी गर्नेलाई कारबाही गर’, ‘बलात्कारिलाई पक्राउ गर’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडीमा प्रदर्शन : ‘आगजनी गर्नेलाई कारबाही गर’, ‘बलात्कारिलाई पक्राउ गर’



विशाल पाण्डेय / कैलाली –

बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै कैलालीको घोडाघोडीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी तथा अनेरास्ववियू जिल्ला कमिटी कैलालीको संयुक्त आयोजनामा आइतबार सुखडमा बलात्कारको आरोपमा फरार रहेकालाई पक्राउ तथा नगरपालिकाको गाडीमा आगजनी गर्नेलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

लिटिल चोक बाट सुरु गरिएको प्रदर्शन सुखड चोकमा गइ कोणसभामा परिणत गरिएको थियो । कोणसभा पश्चात् कार्यक्रममा बोल्दै नेकपा नगर कमिटी सदस्य शिवराज चन्दले नगरपालिकामा अपराधीक घटनाहरु बढी भइरहेपनी प्रहरी प्रशासन मौन रहेको आरोप लगाए । आफैले जन्माएको छोरीलाई बलात्कार गर्ने बाउ र हाम्रै करबाट खरिद गरि ल्याएको सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने व्यक्तिहरुलाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै नगर कमिटी सदस्य चन्दले समयमै अपराधी पक्राउ नपरे नगर मात्र नभइ ,जिल्ला ,प्रदेशका ठाउँमा समेत शसक्त रुपमा आन्दोलनका कार्यक्रमहरु गरिने बताए ।

कार्यक्रममा बोल्दै नेकपा नगर कमिटी सचिव खगेन्द्र हमालले पटकपटक नेकपाको सरकारलाई हमला गरिएको बताए । उनले नगर प्रमुख ममता प्रसाद चौधरीलाई आक्रमण तथा गाडीमा आगजनी हुँदा पनि प्रहरीले अहिलेसम्म कसैलाई कारबाही नगरेको बताए । ‘राजनीतिक ढंगबाट मेयर सापलाइ गोलि प्रहार तथा गाडिमा आगजनी गरिएको हो, भने आउनुस हामी बार्ताको लागि तयार छौं ।’ हमालले भने , “चोर बाटो भएर नगर सरकारलाई गिद्दे नजर लगाइ आक्रमण गर्न खोजिएको हो भने हाम्रो नि हातमा दहि जमेको छैन , हामी पनि प्रतिघात गर्छौं ।” नगरमा विभिन्न अपराधीक घटनाहरु हुदा पनि प्रहरी प्रशासनले केही नगरे सरकारबादी हो भनेर आफुहरु चुप लागेर नबस्ने हमाले बताए ।

पटकपटक नगरपालिकामा भएको घटना प्रती प्रदेश कमेटीको ध्यानाकर्षण भएको नेकपा प्रदेश कमिटी सदस्य खुशीराम चौधरीले बताए । चौधरीले अपराधीहरु खुलेआम घुम्दा पनि प्रहरीले कारबाही नगरेको आरोप लगाएका छन् । घटनाको आफुहरुले पनि अनुसन्धान गरिरहेको र अपराधीको नजिक नजिक पुगेको बताउदै प्रदेश कमिटी सदस्य चौधरीले प्रहरीले अहिलेसम्म कुनैपनी समन्वय नगरेको बताए ।

पटकपटक नगरपालिकामा अपराधीक गतिविधि हुँदा पनि प्रहरी प्रशासनले केही नगर्दा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी संयोजक होम तामाङले बताए । उनले ३ दिन भित्र नगरपालिकाको गाडिमा आगजनी गर्ने र बलात्कारको आरोपमा फरार रहेकालाई कारबाही नगरे अझै शसक्त रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने बताए ।

“प्रदर्शनकारीहरुले प्रहरी प्रशासन मौन बस्न पाइदैन” ,”बलात्कारि लुकाउन पाइदैन” ,”फरार आरोपित बलात्कारिलाई पक्राउ गर” , “सार्वजनिक सम्पतीमा आगजनी गर्नेलाई कारबाही गर” , “अराजकता सहदैनौ चुपलागेर बस्दैनौ” लगायतका नारासहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारिहरुले ईलाका प्रहरी कार्यालय सुखडको गेट अगाडि समेत प्रदर्शन गरेका थिए भने पुर्व पश्चिम् राजमार्ग समेत केहिबेर अवरुद्ध भएको थियो ।

अनेरास्ववियू जिल्ला कमिटी सदस्य सनेश शाहिले संचालन गरेको कार्यक्रममा युवा संघ जिल्ला कमिटी सदस्य होम प्रसाद आचार्य, अनेरास्ववियू जिल्ला कमिटी सदस्य विराज पाण्डेले मन्तव्य राखेका थिए ।