घोडाघोडी मन्दिर परिसरमा सरसफाइ (फोटो फिचर) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

घोडाघोडी मन्दिर परिसरमा सरसफाइ (फोटो फिचर)



सुखड,कैलाली । कैलालीको धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडी मन्दिर परिसरमा सरसफाई गरीएको छ । महाशिव रात्रिको अवसरमा बिहिवार केदार बचत कोषका सदस्यहरुद्बारा घोडाघोडी मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

घोडाघोडी मन्दिर क्षेत्रमा भएको फोहोरले ताल तथा मन्दिर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकसंगै पुजा पाठ गर्न आउने भक्तजनहरुमा समेत नराम्रो असर परेको थियो । घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो म्यासेज जावोस भनेर आफुहरुले सरसफाइ सुरु गरेको सरसफाइ कार्यक्रमका संयोजक चेतराज जोशिले बताए । धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाई लाई निरन्तरता दिने समेत जोशिले जानकारी दिए।