घुसमा सेक्स प्रस्ताव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घुसमा सेक्स प्रस्ताव



~ दुर्गा पंगेनी

अवैध काम या बैध नै भए पनि समयमै सजिलो सँग फत्तेगर्न गराउन विधि भन्दा बाहिर गएर दिने या लिने लाभ लाईघुस भनिन्छ । प्राय सरकारी अड्डा हरुमा जनता संगसरोकार भन्दा बाहिरका विषय देखाएर दबाबमा पारीअतिरीक्त लाभ लिने प्रचलन छ र त्यही लाभ लाई घुसभनिदै आएको छ । कर्मचारी ले आफूले पाएकोअख्तियारी को दुरुपयोग गर्दै सेवाग्राही बाट अतिरिक्त लाभअशुल गर्नु घुस हो । यो चलन परापुर्व कालमै पनि प्रचलनमा थियो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहले पनि घुस्याहाप्रवृत्तीको विरोध गर्दै “घुस लिने र दिने दुवै राष्ट्रका दुष्मनहुन” भन्ने अभिव्यक्ति दिएको पाइन्छ ।

घुसमा रकम र जिन्सी उपहार :

घुसमा रकम बाहेक जिन्सी असुल गरेका घटना हरू पनिसार्वजानीक भईरहन्छन कतै कतै । ठुलो ठेक्का पट्टाकोटेन्डर मिलाईदिए बापत सरकारी कर्मचारी लाई घडेरीउपहार दिने , नजिक को सम्बन्ध भएका कार्यालयकाकर्मचारी एवं हाकीम हरुलाई दसैँमा खशी लगायत लत्ताकपडा उपलब्ध गराएर सम्बन्ध सुमधुर राखीराख्ने र परिआउदा आफ्नो काम सजिलो सँग फत्ते गराउन त्यै संबन्धप्रयोग गरिने चलन नयाँ होइन । त्यसरी उपहार दिनु पनिअग्रीम घुस दिए सरह हो । सरकारी कर्मचारी हरुलाईत्यसरी उपहार लिन कानुन ले नै बन्देज लगाएको छ ।

घुस बापत को सहवास :

नेपाल प्रहरी र नेपाल आर्मी भित्र हुने रसद पानी को ठेक्कापट्टा मिलाउन र त्यहाँ भित्र हुने साना ठुला निर्माण रपुनर्नीमाण का ठेक्का हरू आफ्नो हितमा खुलाउनको लागीत्यस्तो ठेक्का दिने अधिकारी लाई राम्रा राम्रा युवती हरुउपलब्ध गराउनुपर्ने बाध्यता रहेको कुरा हरू पनि ठेकदारहरु सुनाउछन । ठेक्का पाएपछी हुने व्यापार र त्यो बाटहुने नाफाको प्रक्षेप्यण सुरुमै गर्छन् व्यापारी हरू र ठेक्कादिलाउने अधिकारी हरू लाई कुन स्तरको घुस उपलब्धगराउने भन्ने निर्क्योल गर्छन् । पाचतारे होटेलमा विदेशीमदिरा सहित सुन्दर युवती सँग रात विताउने अवसर प्रदानगरेर ठेक्का पट्टा आफ्नो हितमा पार्नु त्यस्ता अधिकारीकाश्रीमती र परिवार लाई अतिरिक्त सुविधा या रकम उपलव्धगराउने किसिमका घुस प्रथा हरू अत्याधीक प्रचलनमा छनअहिलेको समयमा । यस्तो अवस्थामा आफ्नो फाइदा रकेही कमाई को लागी प्रयोग भएका युवती हरुलेआफुमाथी शोषण भयो भनेर आरोप लगाउन मिल्छ कीमिल्दैन बहसकै विषय होला तर त्यसरी उपयोगगरिसकेपछी पारिश्रमिक नदिनु या बोल कवोल अनुसारनगर्नु चाही पक्कै शोषण हुन जान्छ ।

काम बापतको सहवास :

मनोरन्जन को क्षेत्र अथवा ग्ल्यामर जगतमा पनि कामप्राप्त गर्नको लागी महिला कलाकार हरुले गर्नु परेकासंझौता हरुको बारेमा चर्चा हुने गरेको छ । त्यस अवस्थाका सम्झौता हरुलाई घुस भनिहाल्न मिल्छ की मिल्दैन त्योछुट्टै पाटो हो । त्यहाँ “गीभ एण्ड टेक” हुन्छ भनेरपरिभाषीत गर्न सकीएला । जस्तै कुनै मोडल ले कामपाउनको लागी निर्देशक या निर्मातालाई खुसी पार्न आफ्नोशरीरको प्रयोग गर्छीन र त्यो प्रयोग सहमति मा भएकोहुन्छ भने त्यो “गीभ एण्ड टेक” हुन जान्छ । तर कुनै निरीहकलाकार लाई काम दिने प्रलोभनमा शरीर दिने प्रस्तावराखीन्छ भने त्यो शोषण हो । त्यस्तो शोषणमा यदाकदापुरुष कलाकार हरू पनि पर्ने गरेको पाइन्छ । सहमति कोसहवास लाई अपराध मान्दैन हाम्रो कानुन ले तरवाध्यकारी सहवास लाई शोषण या बलात्कार भनेरपरिभाषीत गरिएको छ । बलात्कार नभएको खण्डमाप्रस्ताव मात्र राख्नु लाई पनि “आशय करणी” भनेरपरिभाषीत गरी सजायको व्यवस्था गरेको छ कानुन ले ।

यसै गरी निजी कम्पनीमा कार्यरत महिला कर्मचारी हरुकोपदोन्नती मा पनि उनीहरूको योग्यता भन्दा शारीरीकसुन्दरता र यौन व्यवहार ले प्रभाव पार्दछ भनेर आलोचनागर्ने हरू पनि भेटीन्छन समाजमा । ती सबै कुरा हरू सत्यनहुन सक्छन् तर यदि सत्य नै हुन भनेपनि आफ्नोपदोन्नती को लागी गरिएको सम्झौतामा कुनै महिला खुशीछन र उनलाई कुनै गुनासो छैन भने अरू कसैले हस्तक्षेपगरेर त्यहाँ शोषण भएको प्रमाणित गर्न असम्भव नै हुन्छ ।त्यही अवस्थामा गरिब पारिवारिक अवस्था रहेका र छिटोप्रगतीको आकाङ्क्षा राख्ने हरू शोषणमा परिरहेका छनभनेर नकार्न पनि सकिँदैन । जति जति समाज आधुनिकतातर्फ लम्कीदै गइरहेको छ त्यति त्यति यौन को मामलामापनि उदार हुँदै गइरहेको छ । यौन आफ्नो निजी विषयभएको र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा आधुनिकसमाजका जनता अनभिज्ञ छन् भनेर मूल्याङ्कन गर्नु पनिसमय सापेक्ष नहोला ।

वैदेशिक रोजगारीमा यौन शोषण:

भिजीट भिसामा खाडी मुलुक जान वन्देज लगाएको छनेपाल सरकार ले । त्यसका आफ्नै कारण हरू छन् । किनबन्देज लगाईयो अथवा बन्देज लगाउन पर्ने अवस्था कसरीनिर्माण भयो या यस किसिमको बन्देज ले फाइदा याबेफाईदा के गर्‍यो भन्ने प्रश्न आफैमा जटिल छ । विचौलीयाया दलाल हरुले काममा लगाईदिने प्रलोभन दिएरगरिरहेको महिला तस्करी लाई रोक्न र सोझा साझा जनताहरू लाई ठगीन बाट जोगाउनको लागी सरकार ले त्योकिसीमको बन्देज लगाएको हो । बन्देज लगाउन पर्ने त्योबाहेक अरू कुनै कारण देखीदैन । सरकार ले जसरीआफ्ना नागरिक को सुरक्षा हुने देख्यो त्यही गर्‍यो त्योवन्देज को विरोध गरिरहनु पर्ने आवश्यकता पनि देखिएन ।तर के त्यो वन्देज ले पुर्णरुपमा नागरिक हरू सुरक्षित भएत ? अथवा महिला हरुको तस्करी रोकियो त? यो कुरा भनेयद्यपी बहसकै विषय बनेर रहेको छ।

नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर बैदेशीकरोजगारी मा गएका युवती हरू ९९ प्रतिशत सुरक्षित छन् ।खाडी मुलुकमा संस्थागत कम्पनी हरुमा काम गरिरहेकाकुनै पनि महिला कर्मचारी लाई कसैले पनि सहवासकोलागी बाध्य पार्न सक्दैन । खाडीको कानुन सँग लाग्ने डर नैत्यहा महिला सुरक्षित हुने मुख्य आधार हो । सारीरीकशोषणको उजुरी मात्रले हुने बर्बादी को त्रास को कारणपनि खाडीमा कुनै पुरुषले कुनै महिला लाई सोझो आखालेहेर्न सक्दैनन । त्यसमाथि छुने कुरा र बलात्कार गर्ने कुराअसम्भव प्राय: नै हुन । त्यत्ति हुदाहुदै पनि खाडीमावलात्कार हरू हुँदै हुदैनन भन्ने होइन । शोषण खाडीमापनि हुन्छ तर त्यसको लागी कसले नियम मिच्यो र कोकति जिम्मेवार हो भनेर मिहीन अध्ययन हुनु जरुरीदेखीन्छ । खाडीको नियम र सामाजिक परिधी ननाघ्ने रनेपाल सरकारका वैदेशिक रोजगारी का नियम हरुउल्लंघन नगर्ने हो भने कुनै पनि नेपाली नारी खाडीमा यौनदुर्ब्यवहार या शोषणमा पर्नु असम्भव प्राय नै छ ।

खाडी मुलुक मध्येको सबैभन्दा उदार र विकसित देश युएईका दुबई अवुघावी लगायत सहर हरू युरोप जत्तीकैविकशीत भैसके र त्यहाको समाज पनि युरोपीयन समाजजत्तीकै खुल्ला हुने क्रममा छन् । यद्दपी विवाह भन्दाबाहिरको सहवास लाई मुस्लिम समाजले कदापि मान्यतादिनेछैन । तर पनि ती देश हरुमा नेपाली लगायत अन्यमुलुकका महिला पुरुष हरू विवाह पूर्व या विवाहेत्तर रुपमासंगै बसिरहेका समाचार हरू आईरहन्छन बेला बेलामा ।नेपाली हरू त्यस्तो कडा कानुन भएको ठाउँमा पनि कसरीअवैध सम्बन्ध बनाएर बस्न सके त ? कुरा प्रस्ट छ । आफ्नानागरीकको बिबाहेत्तर सम्बन्धको लागी युएईको कानुनजती कडा रूपमा लागु हुन्छ आप्रवासी हरुको लागी केहीखुकुलो भएको कारण नै त्यस्ता सम्बन्ध हरू मौलाउदैगईरहेका छन् । अथवा उजुरी गरिदिने अथवा उजुरी पर्नेसम्भावना न्यून रहेकै कारण त्यस्ता सम्बन्ध हरू मौलाउछन। पक्राउ परेमा कानुन त सबैको लागी बराबर नै हो ।पक्राउ नै नपर्ने नेपाली खुराफाती आईडीया ले दुबईमा धेरैजोडी हरू सुरुमा रमाएर बस्छन तर कैयौँ को सम्वन्धशोषणमा पुगेर टुंगीन्छ । सामाजिक परिधी र नियमउंल्लघन गरेको कारण त्यसो हुन गएको हो ।

नेपालमा घर परिवार भएका तर श्रम गर्न विदेश जाँदा त्यहाबसुन्जेलको आवश्यकता लाई मध्येनजर गरेर दुई जना संगैबस्नु लाई “लिभीड• टुगेदर रिलेशनसीप” भनेर परिभाषीतगरेको छ पश्चिमा समाज ले । खाडीमा त्यस कीसीमकोबसाई पूर्ण रूपमा गैह्र कानुनी हो फेरी पनि कानुनकाआँखा छलेरै कैयन जोडी हरू त्यसरी बसीरहेछन त्योअवस्थामा भने शोषण र बलात्कार नहोला भन्न सकिँदैन ।यदा कदा त्यस किसिमका शोषणका कुरा हरू पनिअनलाईन समाचार हरुमा नआएका होईनन ।

नेपालको हाल सम्मको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्टत्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट को बाटो हुँदै खाडी मुलुकमाश्रम बेच्न हिडेकी युवती सँग नेपाल प्रहरीका एकजनाहवल्दारले एक रात सँगै सुतेमा भिजीट भिसामा खाडीजाने प्रबन्ध मिलाईदिन्छु भनेर घुस बापत केही रकम रअतिरीक्त रूपमा शारीरिक सम्बन्ध पनि राख्न माग गरेछन। यो अचम्म लाग्दो कुरा हुँदै होइन । धेरै त्यस्ता क्षेत्र हरुछन जहा प्रवेशको लागी, प्रमोसनको लागी या सहजताकोलागी र काम गरेको क्षेत्रमा टिकीरहनकै लागी महिला हरुलेआफ्नो अस्मीता सँग सम्झौता गर्न परिरहेको छ ।

त्यस्ता सम्झौता हरुलाई सहजताका साथ लिने र आफ्नोफाईदाको लागी प्रयोग गर्न नहिच्कीचाउने महिला हरू पनिभेटीन्छन समाजमा जसले त्यस्ता सम्बन्ध हरू फगतटाईमपास मात्र रहेको भन्दै हल्का रूपमा लिन्छन । अथवाउनीहरुले आफूमा रहेको त्यस्तो शक्ति या सम्पत्तिको प्रयोगगरेर प्रगति सिंढी हरू चढ्नु लाई आफ्नो सफलता मान्छन ।उनी हरुको हकमा त्यो यौन सम्पर्क प्रस्ताव यौटा अवसरबनेर आउँछ र त्यो अवसरको उपयोग उनीहरू आफ्नो हितअनुकुल हुने गरी गर्छन् । त्यो उनीहरूको ब्यक्तिगतअधिकार र स्वतन्त्रताको कुरा मान्नु पर्छ । तर जसलेत्यसरी शरीरको सम्झौता गरेर सफलता प्राप्त गर्न चाहन्नउनीहरुको लागी विडम्बना बनेर तेर्सीएछ नेपालकोएयरपोर्ट र नेपाल प्रहरी ।

खाडी मुलुकमा भिजीट भिसामा गएका अन्य नेपाली नारीहरू पनि त्यस्तै शोषणको चरण पार गरेर पो पुगेका छन् की! सत्य तथ्य पत्ता लगाएर त्यस्ता शारीरिक घुस माग्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ त्यसमादुईमत छैन तर त्यसरी दुर्ब्यवहार गर्ने प्रहरी लाई कस्तोकिसीमको कारबाही हुन्छ ? यो प्रश्न कानुनका ब्याख्याताहरुले प्रस्ट पार्लान । हामी त कारबाही को माग मात्र गर्नसक्दछौं । सहवास को प्रस्ताव लाई मात्र दुर्ब्यबहार मान्दाके कारबाही होला त्यो सजिलै अनुमान गर्न सकिन्छ । बढीभन्दा बढी उक्त प्रहरी लाई विभागीय कारबाही स्वरुपनसिहत दिईएला या त्यही पनि नगरेर विना रेकर्ड कोचेतावनी दिईएला । यो त शोषण नभईसकेको अवस्थापर्यो त्यसैले सानो सजाय पनि न्याय सम्मत मान्नसकीएला । तर जुन महिला अवैधानिक आप्रवासी हुनैकोलागी चरम शोषणमा पर्नु पर्‍यो उनीहरूले सही न्याय पाउनुपर्छ की पर्दैन ?

विदेश मा पुगेर शोषणमा पर्न सक्ने सम्भावना हरुकोबारेमा सरकार जति सजग छ त्यति नै जिम्मेवार विदेशजान चाहने महिला हरुले स्वदेशमा भोग्नु पर्ने दुर्ब्यवबारप्रति पनि हुनु पर्ने देखिन्छ ।