४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ



काठमाडौं । नेपाल प्रहरीका एकजना निरीक्षक (इन्सपेक्टर) घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित प्रहरी निरीक्षक जयनेपाल थापालाई नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक थापालाई पाटनबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । थापा महानगरीय अपराध महाशाखामा कार्यरत थिए।