युवा लक्षित तीज गीत 'गिलास ठोक्काउने' (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

युवा लक्षित तीज गीत ‘गिलास ठोक्काउने’ (भिडियो सहित)



सबैतिर तीजको माहोल चलिरहेको बेला फरक शैलीको युवा लक्षित तीज गीत सार्वजनिक भएको छ । ‘गिलास ठोक्काउने’ बोलको उक्त गीत आरति मिडिया प्रा.लीको बजार ब्यवस्थापनमा सार्वजनिक भएको हो ।

तीजमा पनि फरक शैली रुचाउनेहरूका लागि लक्षित गरेर तयार पारिएको तिज गीतमा समीर प्रकाश पाण्डेको शब्द रहेको छ भने संगित प्रेम सापकोटा सोनुले भरेका छन् । यस्तै स्वर पछिल्लो समयकी चर्चित गायिका प्रिति आले र प्रेम सापकोटा सोनु कै रहेको छ ।

गुरुआमा फिल्म प्रा.लीको ब्यानरमा निमार्ण भएको यो तिज गितको म्युजिक भिडियोमा चर्चित गायिका तथा मोडल ज्योति मगर र लोमश शर्माको फिचरिङ रहेको छ ।

भिडियोमा सुरेश श्रेष्ठको छायाकन स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा प्रकाश धमलाले सम्पादन गरेका छन् ।