माओवादी नेता गिरिराजमणी पनि पछि परे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादी नेता गिरिराजमणी पनि पछि परे



महोत्तरी १ मा शुरुवातदेखी अग्रता लिइरहेका माओवादी उम्मेदवार गिरिराजमणी पोख्रेल पछि पर्न थालेका छन् । पछिल्लो मत परिणामअनुसार पोख्रेल एमालेका लक्ष्मी महतोसँग ८४० मतान्तरले पछि छन् ।

निर्वाचन अधिकृतका अनुसार एमालेका महतोले ४,८५९ र माओवादीका पोख्रेलले ४,०१९ मत पाएका छन् । अघिल्लो निर्वाचनमा पनि यो क्षेत्रमा यी दुवै उम्मेदवार आम्नेसाम्ने थिए । त्यतिबेला महतो संघीय समाजवादी फोरमबाट प्रतिस्पर्धा गरेका थिए ।

०७४ को निर्वाचनमाा पोख्रेलले २३,७७६ मत ल्याई महतोलाई पराजित गरेका थिए । यस पटक महोत्तरी १ मा ९८,४९७ मतदाता रहेकामा ६६.४१ प्रतिशत अर्थातन् ६५,४१० ले मात्र मतदान गरेका थिए ।

सुरुको मत गणनामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पोखरेल अगाडी देखिएकोमा पछिल्लो मत परिणामहरु आउदै गर्दा महतोले लिड गर्दै गएका छन । क्षेत्र १ मा खसेको मत मध्ये ११,७८९ मत गणना भएको छ । अहिलेसम्म यहाँ ७२४ मत बदर भइसकेको छ ।