आमाको क्रिया गर्ने छोरीलाई गुल्मी सेवा समाजद्वाराआर्थिक सहयोग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आमाको क्रिया गर्ने छोरीलाई गुल्मी सेवा समाजद्वाराआर्थिक सहयोग



गँगा खड्का, गुल्मी पुस ११
समाजमा अझै पनि वुवा आमाको मृत्युमा स्वतन्त्र रुपमा छोरीले काजक्रिया गर्न मिल्दैन भन्ने सोचलाई तोड्दै पुर्कोटदह १ जुम्लीचौरका सँगिता भुषाल र रमिता भुषालले उदाहरणिय काम गरेको भन्दै बिभिन्न क्षेत्रबाट सहयोग रकम हस्तान्तरण भएको छ । मृत्युपछि काजक्रिया गर्न र समाजको अपहेलनाबाट बच्न छोरा जन्माउने रहरले ३६ वर्षको उमेरमा नवौ सन्तान जन्माएकी सोही ठाउँकी बर्ष ३६ की दुर्गा कुमारी भुषालको गत मँसिरमा सुत्केरी अवस्थामै मृत्यु भएको थियो ।
छोरीहरु सँगिता भुषाल र रमिता भुषालले हिन्दु सँस्कार अनुसार आमाको काजक्रिया १३ दिन नै गरेको र परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनिहरुको हौसलाको लागी गुल्मी सेवा समाज कतारले उनिहरुले पढ्ने बिद्यालयमै पुगेर नगद २६,१२१ रकम सहयोग गरेको छ । सेवा समाजका सचिव केसव कँडेलले समाजलाई परिवर्तनशिल बनाउने छोरीहरुको काम बाट सबैले सिक्नुपर्ने बताए । हामी बिदेश बाट नानीहरुको हौसला र सम्मानका लागी सहयोग गरेका हौ अब उनिहरु बाट समाजले सिक्नुपर्छ उनले भने ।
सहयोग रकम ग्रहण गर्दे मृतकका श्रीमान् दुर्गा बहादुर भुषालले सुत्केरीमै श्रीमति गुमाउनुपर्छ भन्ने थाहा भएको भए आफुले छोराको रहर नगर्ने बताए । मेरो लागी जीवनसाथी नै सर्वोपरी थियो यसरी छोरीले पनि क्रिया गर्छन् भन्ने थाहा भएको भए छोरा जन्माउने रहर राख्दिनथे रुदै भने उनले । उनका अहिले ५ छोरी छन्। जसमध्ये कान्छी छोरीको जन्मपछि दुर्गा कुमारी भुषालको मृत्यु भएको थियो ।

आमाको मृत्यु पछि आफ्नै छोरी बनाएर पाल्न छिमेकिले लगेको भुषालले बताए । काजक्रिया गर्ने दुई छोरीलाई गुल्मीका साँसद गोकर्ण बिष्टले पढाउने र बिभिन्न क्षेत्र र सँघसँस्था बाट हालसम्म परिवारको लागी झण्डै १३ लाख सहयोग रकम जम्मा भएको परिवारका आफन्त तथा स्थानिय बोम बहादुर कुवँरले जानकारी दिए ।

सहयोग रकम बाट केहि घर खर्चमा लाग्ने र अन्य रकम नानीहरुको खातामा जम्मा गर्दिन्छौँ ।उनिहरुको भविष्यको लागी हामी स्थानियले सल्लाह गर्दैछौँ उनले भने । चेतना र शिक्षाको कमीले दुर्गा कुमारी जस्ता सयौँले ज्यान गुमाएका छन् चेतनाको बिकास हुन जरुरी रहेको धाराचौर नि मा बि का प्रध्यापक खिम बहादुर के सी ले बताए ।