फेरि चर्कियो ‘गो ब्याक इन्डिया’ को नारा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फेरि चर्कियो ‘गो ब्याक इन्डिया’ को नारा



काठमाडौँ । भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै फेरी नेपालमा भारतबिरुद्धको अभियान चलेको छ भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेटेपछि यस्तो बिरोश चर्केको हो । 

भारतको हेपाहा प्रवृत्तिको बिरोधमा बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् । 

उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।

अघोषित नाकाबन्दीको बेला जस्तै यो पटक पनि नेपालमा ‘गो ब्याक इन्डिया’ नारा लागेको छ ।

३७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले आफ्नो हेपाहा र विस्तारवादी नीति देखाएकोमा नेपालमा फेरी भारतको बिरोध चर्किएको हो ।

भारतको यो हेपाहा नीति सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नेपाल सरकारले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन । 

 नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ ।