वेलबेकले तोडे गोलको खडेरी ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वेलबेकले तोडे गोलको खडेरी !



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन ड्यानी वेलबेकले दुई तथा पिएर एमरिकले एक गोल गरे । यस्तै साउथह्याम्पटनका लागि शन लङ्ग र चार्ली अस्टिनले गोल गरे ।

खेलको इन्जुरी समयमा दुवै टिम १० खेलाडीमा सीमित भएको थिए । १७ औँ मिनेटमा लङ्गले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाति अग्रता दिलाए । । २८ औँ मिनेटमा एमरिकले आर्सनलका लागि बराबरी गोल फर्काए ।

३८ औँ मिनेटमा वेलबेकले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता लियो । वेलबेकले प्रिमियर लिगका यसअघिका १६ खेलमा गोल गर्न सकेका थिएनन् । उनले १७ औँ खेलमा आएर गोलको खडेरी अन्त्य गरेका हुन् ।

७३ औँ मिनेटमा अस्टिनले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए । तर वेलबेकले ८१ औँ मिनेटमा गोल गरेपछि आर्सनलको जित निश्चित बन्यो । खेलमा त्यसपछि दुवै तर्फबाट गोल भए ।

तर दुवै टिमका खेलाडीले रातो कार्ड भने पाए । इन्जुरी समयको दोस्रो मिनेटमा साउथह्याम्पटनका स्टेफनस् र तेस्रो मिनेटमा आर्सनलका एल नेनीले रातो कार्ड पाए ।

जितपछि छैठौँ स्थानको आर्सनलको ३२ खेलबाट ५४ अंक भएको छ । रेलिगेशन जोनमा रहेको साउथह्याम्पटनको ३२ खेलबाट २८ अंक छ ।