गोबर प्याकिङ गरेर अमेरिकामा बेच्दै भारत: मूल्य आकर्षक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गोबर प्याकिङ गरेर अमेरिकामा बेच्दै भारत: मूल्य आकर्षक



टेक्सस- गाई र भैंसीको गोबर मललाई आकर्षक प्याकिङ गरेर भारतले अमेरिकामा बेच्न सुरू गरेको छ । अमेरिकाका विभिन्न स्टोरमा अहिले भारतमा उत्पादन गरिएको गोबरको बिक्रि सुरू गरिएको छ ।

बिस्कुट जस्तै चिटिक्क पारेर प्याकिङ गरिएको गोबरमा खानाका लागि होइन् भनेर लेखिएको छ । अमेरिकाका विभिन्न स्टोरमा पाइने एक बट्टामा १० वटा गोबरका बिस्कुट हुन्छन् ।

यो धार्मिक क्रियाकलापका लागि भनेर लेखिएको छ । एक प्याकेट गोबरको कम्तीमा ३ डलर अर्थात ३ सय ४५ नेपाली रुपैयाँ पर्छ । गाईको गोबरको माग अमेरिकामा बढ्न थालेको छ ।

हिन्दुहरुको संस्कारका लागि गोबर अनिवार्य भएकाले अमेरिकामा भारतले गोबरको बिस्कुट बेच्न थालेको हो । अहिले करोडौँ रुपैयाँको गोबर अमेरिका पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चित अनलाइन अमाजोनले पनि अनलाइन मार्फत गोबर बेच्न थालेको छ । भारतमै पनि अनलाइनबाट गोबर किन्नेको संख्या बढ्न थालेको छ । विभिन्न अनलाइनले यसको बिक्री सुरु गरिसकेका छन् ।

यसरी पनि देशको उत्पादन बिक्रि गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण बनेको छ । अमेरिका जस्तो देशमा भारले गोबर समेत बेच्न थालेको अवस्थामा केहि नयाँ काम गर्नेहो भने नहुने भन्ने केहि छैन ।