मतगणना सकियो, गोविन्द आचार्यको प्यानल विजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मतगणना सकियो, गोविन्द आचार्यको प्यानल विजयी



 

काठमाडौं, ६ भदौ ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनले तिर्थ कोइरालालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ७३२ मत प्राप्त गरेका छन् भने कोइरालाले ६२७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा मातृका पौडेललाई पराजित गर्दै विपुल पोखरेल विजयी भएका छन् । पोखरेलले ७९६ मत प्राप्त गरेका छन् भने पौडेलले ६०२ मत मात्रै प्राप्त गरेका छन् ।

त्यसैगरी समावेशी उपाध्यक्षमा दिलिप थापा मगरले ८५९ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यसैगरी महासचिवमा रमेश विष्ट विजयी भएका छन् । उनले ७५१ मत प्राप्त गरेका छन् भने पराजित बालकृष्ण बस्नेतले ६७१ मत मात्रै प्राप्त गरे ।

सचिव खुल्लातर्फ राम प्रसाद दाहाल विजयी भएका छन् । उनले ७४३ मत प्राप्त गरेका छन् । महिला तर्फको सचिवमा लक्ष्मी पुन विजयी भएकी छन् । उनले ७८७ मत प्राप्त गरेकी छन् ।

उनले सुष्मा पौडेललाई पराजित गरेकी हुन् । उनले ६११ मत प्राप्त गरेकी छन् । त्यसैगरी सचिव (मधेसी)तर्फ शितल महतो विजयी भएका छन् । दलित सचिवमा रेमबहादुर विश्वकर्मा र एशोसियटतर्फ प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।

त्यसैगरी प्रदेशतर्फ प्रदेश नम्बर १ मा सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना, प्रदेश नम्बर दुइमा देवराम यादव र शैलेन्द्र झा, प्रदेश नम्बर ३ मा द्वारिका काफ्ले र कृष्ण गिरी, प्रदेश नम्बर ४ मा रामकृष्ण ज्ञवाली र नवीन कुँइकेल, प्रदेश नम्बर ५ मा बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ मा कलेन्द्र सेजवाल र पूर्णप्रसाद चौलागाई, प्रदेश नम्बर ७ मा मीन बम र उत्तर विष्ट, काठमाडौं उपत्यकामा लेखनाथ न्यौपाने र गोविन्द चौलागाईँ, प्रतिष्ठानतर्फ टीकाराम प्रधान र यम विरही विजयी भएका छन् ।