गोकर्ण विष्ट भन्छन्: ओलीसँग थोरै पनि नैतिकता छैन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गोकर्ण विष्ट भन्छन्: ओलीसँग थोरै पनि नैतिकता छैन



काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीमा थोरै पनि नैतिकता नभएको बताएका छन् ।

उनले ओलीमा नैतिकता भएको भए अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको टिप्पणी गरेका गरे ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नेता विष्टले प्रचण्ड आफै प्रधानमन्त्री बन्न नचाहेको बताएका छन् । उनले प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए आधा-आधा समय सत्ता सञ्‍चालन गर्ने ओलीसँगको पूर्वसहमति अनुसार प्रधानमन्त्री बनिसक्ने बताए ।