गुल्मी पहिरो- हेलीकप्टर लिएर पुगे गोकर्ण विष्ट, घाइतेलाई काठमाडौं लगियो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गुल्मी पहिरो- हेलीकप्टर लिएर पुगे गोकर्ण विष्ट, घाइतेलाई काठमाडौं लगियो



गुल्मी- गुल्मी जिल्लास्थित इश्मामा गएको पहिरोमा परी घाइते भएकाहरुलाई पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टको पहलमा उद्दार गरिएको छ ।

विष्टको पहलमा घाइतेहरूलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको हो। पहिरोले स्थानीय समस्यामा परेपछि विष्ट आफै उद्दारका लागि गुल्मी पुगेका थिए ।

पूर्वमन्त्री विष्टले पहिरोमा परेर प्रभावित भएका परिवारलाई टेण्ट र खाद्यान्न समेत लिएर पुगेका थिए ।

इश्मा गाउँपालिका-१ हस्तिचौरकोमल्दीमा गएको पहिरोमा परी घाइते भएका २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५ वर्षिया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज‍ पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

पहिरोमा परी वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।

त्यस्तै मुसिकोट नगरपालिको वडा-२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ।